ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » काठमाडौंमा भूकम्पको अर्काे धक्का

काठमाडौंमा भूकम्पको अर्काे धक्का

काठमाडौं १३ जेठ । काठमाडौंमा भर्खरै भूकम्पको ठूलो धक्का महसुस भएको छ ।
बुधबार दिउँसो १ बजेर १५ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकमा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएपनि काठमाडौं उपत्यकामा ठूलो धक्का महसुस भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरु घर छाडेर बाहिर निस्केका छन् । यसअघि १२ बजेर ३ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।


Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview