ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मापदण्ड मिचेर बनाइएका उपत्यकाका घरहरु भत्काइने

मापदण्ड मिचेर बनाइएका उपत्यकाका घरहरु भत्काइने

मापदण्ड मिचेर काठमाडौंमा बनाइएका घर भत्काइने भएका छन् । भूकम्पले क्षति नभए पनि त्यस्ता सबै घर दोस्रो चरणमा भत्काउने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका घर धमाधम भत्काउन थालिएको छ । विदेशबाट साधनसहित जनशक्ति आएपछि ठूला घर भत्काउने कार्यलाई तीव्रता दिइने प्रजिअ अर्यालले बताए । प्रशासनमा मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गर्दै स्थानीयले निवेदन दिएका छन् । प्रअिज अर्यालले मापदण्डविपरीतका घर पहिचान गरी सुरुमा घरमालिकलाई नै भत्काउन लगाउने र नभत्काएमा प्रशासनले नै भत्काउने बताए । उनका अनुसार प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा घरहरु भत्काइनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview