ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » आइएसविरुद्ध सयौं शिया लडाकू तैनाथ, रमादी सहरमा पाँच सयको हत्या

आइएसविरुद्ध सयौं शिया लडाकू तैनाथ, रमादी सहरमा पाँच सयको हत्या

काठमाडौं, जेष्ठ ५ । इराकको रमादी सहर इस्लामिक आतंकवादी समूह ‘आइएस’को कब्जामा गएलगत्तै इराक सरकारले सयौंको संख्यामा शिया लडाकूहरु तैनाथ गरेको छ ।

रमादी सहरबाट इराकी सेना फिर्ता भएको अवस्थामा शिया लडाकूहरु तैनाथ गरिएको हो । बख्तरबन्द गाडीसहित इराक प्रवेश गरेका तीन हजार लडाकूहरुले एक शिविर खडा गर्नुका साथै आइएसविरुद्धको कारबाहीलाई
तीव्रता दिने इराक सरकारको भनाइ छ ।
आइएसले इराकका विभिन्न सहर नियन्त्रणमा लिइ रमादी सहरसमेत कब्जा गरेपछि इराक सरकार अप्ठेरोमा परेको छ ।
यसैबीच, आइएसले रमादी सहरमा पाँच सयजनाको हत्या गरेको खुलासा भएको छ । अमेरिकी गठबन्धन सेनाले रमादी सहरमा स्थलगत र हवाई कारबाही थालेपछि आइएसले पाँच सयजनाको हत्या गरेको बताइएको छ । (एजेन्सी) 
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview