ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » शहर कब्जा गर्दा लडाकुले सयौँ व्यक्तिको हत्या गरे

शहर कब्जा गर्दा लडाकुले सयौँ व्यक्तिको हत्या गरे

इस्लामिक स्टेटका लडाकूले इराकको रमादी नगरलाई नियन्त्रणमा लिँदा करिब ५०० नागरिक तथा सैनिकको हत्या गरेको र आठ हजार व्यक्तिलाई उनीहरूको घर छोडी भाग्न बाध्य बनाएको जानकारी एक प्रान्तीय अधिकारीले सोमबार दिए । यसबीच यी कट्टरपन्थी लडाकूले घरघर गई प्रहरी तथा सरकारसमर्थक आदिवासीको खोजिगरिरहेको बताइएको छ ।

इराकी सरकार तथा इरान समर्थित लडाकूले प्रत्याक्रमण गरि रमादीलाई पुनः नियन्त्रणमा लिने दृढता व्यक्त गरेका छन् । रमादी अनबर प्रान्तको केन्द्र हो । इरानका प्रतिरक्षामन्त्री जनरल होसिन देघान इराकी नेताहरूसँग तत्कालै वार्ता गर्न बग्दाद पुग्नुभएको छ । इन्टरनेटमा राखिएका भिडियोहरूमा सैनिक गाडी, ट्रक तथा अन्य उपकरण रमादीबाट बाहिर गइरहेको र सैनिक पनि सुरक्षित स्थलतर्फ गइरहेको देखाइएको छ ।
शुक्रबारदेखि यस नगरलाई नियन्त्रण गर्ने युद्ध अन्तिम चरणमा पुगेको थियो र अनबर प्रान्तीय सरकारका प्रवक्ता मुहनाद हेमुरले नागरिक र सैनिक गरि ५०० व्यक्तिको मृत्यु भएको जानकारी दिए ।
यो सङ्ख्याको स्वतन्त्ररूपमा पुष्टि हुनसकेको छैन । इस्लामिक स्टेटका लडाकूले विगतमा पनि कुनै ठूलो विजय हासिल गर्दा सयौँ नागरिक तथा सैनिकको हत्या गर्ने गरेका थिए ।
कुनै बखत आठ लाख ५० हजार जनसङ्ख्या भएको रमादीमा हाल कति जनसङ्ख्या बाँकी छ भन्ने भन्ने कुरा स्पष्ट भएको छैन । यहाँ सङ्घर्ष आरम्भ भएपछि यहाँका जनता पलायन भएको बताइएको छ भने संयुक्त राष्ट्र सङ्घले रमादी र छिमेकी गाउँबाट करिब एक लाख १४ हजार नागरिक पलायन भएको अनुमान गरेको छ ।
रमादीमा आईएससँग युद्ध गर्ने सुन्नी आदिवासी नेता नाइम अल–गाउडले केही जलेको शव सडकमा छरिएको र केही नदीमा फ्याँकिएको देखिएको बताउनुभयो । रासस
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview