ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » सिन्धुपाल्चोक चौतारा,गा.बि.स ठुलोसिरिवारी भुल्भूलेको कथा पुरा विवरण हेर्नको लागि यहाँ क्लिक् गर्नुस्

सिन्धुपाल्चोक चौतारा,गा.बि.स ठुलोसिरिवारी भुल्भूलेको कथा पुरा विवरण हेर्नको लागि यहाँ क्लिक् गर्नुस्

वैशाख १२ गते भूकम्प गएको भोलि पल्ट देखि नै सयोगी हात हरु खोज्दै हिड्नु भएको रिता लामा अहिले सयोगी हात हरु पाउनु भएको छ तेसैले वहाले आफु जन्मेको ठाउँ बत्ति मुनि को अध्यारो भने जस्तै जिल्ला सिन्धुपाल्चोक चौतारा,गा / बि स ठुलोसिरिवारी भुल्भूले / वडा ५,बस्ने पिडित हरु ले भुकम्प गएका यतिका दिन बिति सक्दा नि कुनै संघ सस्था सरकारी निकाय बाट राहत तथा त्रिपाल पाएका थिएनन्, त्यहा का पिडित सर्बसाधारण प्लास्टिक टागेर फाटेको प्वाल परेको त्रिपाल मुनि बस्न बाध्य थिए तर आज गायिका रिता लामा ले ५३ घरको लागि खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्नु भएको छ !सर्बसाधारण लाइ राहत को महसुस गराउनु भएको छ। उहा भन्नु हुन्छ हाम्रो वरिपरि काठमाडौँ भित्र को नै यस्तो अवस्था छ भने झन् बिकट ठाउ मा को दुर्दशा झन् के होला।आफै पुगी राहत को सामग्री हरु आफ्नै हात बाट प्रतक्ष्य पिडित को पहिचान गरि आबश्यक राहत हरु वितरण गर्नु भएको छ । गायिका रिता लामा भन्नु हुन्छ मा प्रचार प्रसार मा भन्दा पनि काम मा विश्वास गर्छु र सके जति सबै ठाउ मा प्रतक्ष्य पिडित लाइ सहयोग गर्छु र यसै को लागि दिन रात खटी रहेको कुरा बताउनु हुन्छ।मलाई जसरी विश्वास गरेर सामग्री पुरयाउन सयोग गर्नु भएको छ वहा हरुको विश्वास र साथको लागि समपूर्णलाई धन्यवाद दिन चाहन्छु I यो समय मा पिडित को आशु पुछ्न सक्नु र आफु ले सकेको सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हो र यो कार्य मा निरन्तर लागि रहने बचन बद्दता पनि प्रकट गर्नु भयो !


Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview