धनगढी, २१ असोज, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहाड र मधेस तथा पहाड र थारुको बीचमा देखिएको फाटो कम गर्न राष्ट्रपति डा. रामवरण यादवले आफूलाई नेतत्व लिन आग्रह गरेको ताएका छन् । कैलालीको मसुरियामा बुधवार थरुहट/थारुवान संघर्ष समितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'मलाई मंगलबार राति १० बजे राष्ट्रपतिले फोन गर्नुभयो, राति राष्ट्रपतिको फोन देखेपछि मलाई चिन्ता लाग्यो, कतै अनिष्ट पो भयो की, तर उहाँले भन्नुभयो, 'बाबुरामजी, तपाईहरुकै जनयुद्ध, आन्दोलनका कारण नेपालका गणतन्त्र आयो, म मधेसको सामान्य मानिस राष्ट्रपति भएँ, अहिले मधेस र पहाड, पहाड र थारुको बीचमा फाटो आएको छ, अब त्यसबाट बचाउन तपाईले नेतृत्व गर्नुहोस्, डा. भट्टराईले भने आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।
भट्टराईले यो मुलुक हाम्रो मात्रै हो भन्ने खस आर्यहरुको सोच नै समस्याको चुरो भएको बताए । 'यो आर्यखस तथा कथित जातिको मात्रै देश होइन, यहाँको समस्या भनेको ती मानिसले मात्रै आफूलाई नेपाली ठान्ने, आफ्नो भाषा, भेष मात्रै नेपालको ठानेकाले समस्या भएको हो', उनले भने ।