पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अलग राष्ट्र भएको दाबी गरेका छन् ।
एउटा देशमा विभिन्न राष्ट्र हुने भन्दै उनले नेपाल बहुराष्ट्रिय देश भएको
बताए ।
पत्रकार प्रशान्त झाद्वारा लिखित
‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ पुस्तकको नेपाली अनुवाद ‘गणतन्त्रको
सङ्घर्ष’ सार्वजनिक कार्यक्रममा सहभागी ठाकुरलाई कांग्रेसमा हुँदा मधेस अलग
राष्ट्र बनाउनेबारे छलफल गरेको हो भनेर प्रश्न गरिएको थियो ।
जवाफ मधेसी मोर्चाका नेता ठाकुरले मधेस
अलग राष्ट्र भएको बताए । ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति,
जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ’ उनले भने- त्यसैले
हामीले मधेस अलगै राष्ट्र छ ।’
यस्तो भनाइले जनतालाई सशंकित पार्दैन
भन्ने प्रश्नमा महन्थले भने-‘एउटा देशमा विभिन्न राष्ट्र हुन सक्छ, हामीले
नेपाललाई बहुराष्ट्रिय देश भन्दै आएका छौं ।’
नयाँ संविधानमा बहुजातीय भनिएको भन्दै उनले त्यसलाई सच्याएर बहुराष्ट्रिय देश भन्नुपर्ने बताए ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !