ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » एसएलसी दिने विद्यार्थीलाई बाबुरामको टिप्ससहित शुभकामना -

एसएलसी दिने विद्यार्थीलाई बाबुरामको टिप्ससहित शुभकामना -

काठमाडौं, १८ चैत । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफल हुने टिप्ससहित शुभकामना दिएका छन् ।
२०२६ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका भट्टराईले सामाजिक संजालमार्फत शुभकामना दिएका हुन् । भट्टराईले भनेका छन्- ‘चैत्र १८ गतेदेखि शुरू हुने एसएलसी परीक्षामा संलग्न हुन लाग्नुभएका सबै विद्यार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना !’
सोही शुभकामनामा बाबुरामले विद्यार्थीलाई परीक्षामा सफल हुन् टिप्स पनि दिएका छन । विद्यार्थीकाबीचमा लोकप्रिय रहेका भट्टराईले भनेका छन्- ‘सकारात्मक सोंच राख्नोस्; कुनै तनावमा नपर्नोस्; राति राम्ररी निदाउनोस्; एकाग्रचित्त रहनोस्; अवश्य सफलता मिल्छ ।’
आजबाट सुरुहुने यो वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५५३ विद्यार्थीहरु सहभागी छन् । यस वर्षदेखि एसएलसीको ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरिँदै छ ।
baburam greeting for slc students
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview