भूकम्पपछिको पुनर्निर्माणलाई लिएर भएको ढिलाईले सर्वत्र आक्रोश पैदा गराएको छ । एउटा जाडो कटाएका पीडितहरुले अब गर्मी हुँदै बर्षाको वेगको पनि सामना गर्ने समय नजिक आइसक्यो । तर नजिकिदो वर्षा पनि धेरैले पाल र प्लाष्टिकको ओतमा नै विताउनु पर्ने सम्भावना चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं पुनर्निमाण कार्यप्रति असन्तुष्ट देखिदा पुनर्निर्माण प्राधिकरण भने अझै भत्केको घरको लगत संकलन गर्नमा नै व्यस्त देखिएको छ । सरकारले माघ २ गते काठमाडौंको रानीपोखरी लगायतका स्थानको पुनर्निर्माण शुरु गरेको थियो । त्यतिखेर जुन उत्साह सरकारी निकायसहित सरोकारवाला पक्षमा देखिएको थियो तर त्यो उत्साह रानीपोखरीको चार कुनाबाट वाहिर आउन सकेन । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको पुर्ननिमाणको लागि काठमाडौ महानगरपालिकाले प्रक्रिया अघि बढाइसकेको जिकिर गर्नुहुन्छ । पुर्नर्निमार्ण प्राधिकरणको गठनमा ढिलाई भएकोले पुर्ननिमार्ण कार्यमा समेत ढिलाई भएको उहाँको तर्क छ । अहिले सम्म ८० प्रतिशत घरधुरीको तथ्याङ आइसकेकोले यसलाई चैत महिना सम्म सम्पन्न गरी नामावली प्रकाशित गरीने उहाँले बताउनु भयो ।
Home
»
ताजा समाचार :
»
पुनर्निर्माण प्राधिकरण अझै भत्किएको घरधुरीको लगत संंकलनमा नै व्यस्त
पुनर्निर्माण प्राधिकरण अझै भत्किएको घरधुरीको लगत संंकलनमा नै व्यस्त
Labels:
ताजा समाचार :
Popular Posts
-
शहित स्मृती जागृति युब क्लब ठुलोसिरुवारी ३ मा पहिले चोटी चर्चित कालाकार हरु बाट दिपावली सांगीतिक धमाक़ा गरिने भएको छ
-
प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलन...
-
जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेव...