लाइटनेपाल,काठमाण्डौ बैसाख ५ – नेपालकी चर्चित नायिका प्रियंका कार्की नाम हरेक नेपालीको मुखमा झुण्डीएको नाम हो | बच्चा देखि बुढा सम्म लाइ थाहा छ नायिका प्रियंका कार्की नेपालमा राम्रो अभिनय गरि नेपालीहरुको मन जितेकी नायिका हुन् भनेर | अरु नायिका भन्दा उनि अनलाइनमा अलि बढी नै सक्रिय छन , प्रोग्राम जादा होस् या सुटिंङमा जादा नै किन नहोस आफ्नो फेसबुकमा फोटो अप्लोट गरि उनको फेसबुकमा रहेका फ्यानहरु लाइ म यसो गर्दै छु भन्दै जानकारी गराउने गर्छिन | कुनै दुखद,सुखद घटना होस् या चाडपर्ब नै किन नहुन सबै लाइ दुइ शब्द लेख्न कन्जुस्याइँ कहिले गर्दिनन | तर पछिल्लो समय प्रियंका कार्कीका फ्यानहरु ले जब फेसबुकमा फोटो अप्लोट गर्छिन अनि त्यहि फोटोमा रन्डी ,भालु ,बेस्या भनेर गालि गर्ने गरे पछि नायिका दुखि हुदै फेसबुकमा स्टाटस राख्न बाध्य भइन | उनले भर्खरै राखेको स्टाटस यस्तो छ पढ्नुहोस जस्ताको तस्तै
मेरो मनलाई रुवाउनेहरुका लागि –
जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई? के मैले कुनै प्रकरको चोट पुराए तपाईलाई? व्यक्तिगत रूपमा ठेस पुराए?? ‘रन्….’, ‘भा…’, ‘वेश्……’…. यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एकदम महान् काम गरे झैं लाग्छ हो?
हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरि फिल।म सुटिङ, घरि कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाई मनोरंजन दिन घरि कतार, घरि मलेसिया त घरि अस्ट्रेलिया पुग्छौ। के को लागि? यहि आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस्।
यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाईको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरीहरु माथी यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाईलाई कस्तो महसुस हुन्थ्यो? ठिक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई। कहिलेकाँहि मामुले फोन गरेर ‘छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर’ भन्नू हुन्छ। कति चित्त दुख्छ होला उहाँको।
तपाईलाई यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै नआउनुस्। बरु ब्लक गर्नुस् मलाई तर अश्लिल, जथाभावी कृपया नलेखि दिनुस् होला।
देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कसले त?
यति भन्न चाहन्थे।
धन्यवाद।
देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कसले त?
यति भन्न चाहन्थे।
धन्यवाद।
उनलाई फेसबुकमा नराम्रो कमेन्ट गर्ने केहि ब्याक्तिका नाम पनि आफैले कमेन्ट मार्फत सार्बजनिक गरेकी छन | यी त्यी ब्याक्ति हुन् जसले प्रियंका लाइ नराम्रो शब्द प्रयोग गरि कमेन्ट गरे |