ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » छोरीले नै आमालाई अन्माइन

छोरीले नै आमालाई अन्माइन

झापा, ४ वैशाख । आमा बुबाले आफ्ना छोराछोरीको विवाह गरिदिएको तपाई हामी सबैले देखेका छौँ तर आफैँले जन्माएकी छोरीले आमालाई अन्माइनभन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
यो यथार्थ घटना झापाको बिर्तामोड नगरपालिकाको हो । बिर्तामोड नपा–७ बिर्तामोड निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीको विवाह छोरी १८ वर्षीया अप्सना शिवाकोटीले गरिदिएकी हुन् । भारतको राजस्थानका प्रकाश राहुल खटवानीसँग अप्सनाले आमा अम्बिकाको विवाह गरेर आज अन्माइदिएकी छन् । एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुको चिनजान भएपछि उनीहरुको प्रेम झाङ्गिँदै गएको थियो ।
अप्सनाले आफ्नी आमा र प्रकाशबीचको प्रेम सम्बन्ध बढ्दै गएको थाहा पाएपछि सामाजिक परम्पराअनुसार आज झापाको शनिअर्नुन नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आमाको विवाह गर्दै अन्माएकी हुन् । धाम परिसरमा अप्सनाले हिन्दू संस्कारअनुसार नै आमा अम्बिका र प्रकाशबीचमा विवाह गराएपछि हेर्नेको घुइँचो लाग्यो ।
सामाजिक सङ्घसंस्थामा सक्रिय अम्बिका अहिले वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाजलगायत थुप्रै सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । सामाजिक क्षेत्रकी अगुवा अम्बिकाको विवाह छोरीले गर्दैछिन् भन्ने सुनेर धाम परिसरमा धेरै स्थानीयवासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले ? धेरै जनाको प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिँदै अप्सनाले भनिन्– “आमालाई गाह्रो नहोस् भनेर मैले आमाको विवाह गरिदिएकी हुँ ।”
अम्बिकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग भएको थियो । तर उनीहरुको दाम्पत्य जीवन धेरै दिन टिक्न सकेन । विसं २०६७ मा खगेन्द्रको आफ्नै घरको छतबाट खसेर मृत्यु भएपछि अम्बिका र अप्सना मात्र घरमा बस्दै आएका थिए ।
अक्थ्थोलोजी (नेत्र रोग विशेषज्ञ) अध्ययनको सिलसिलामा अप्सना पनि भारतको बैङ्लोरमा अध्ययनका लागि गएपछि अम्बिका पछिल्लो समय एक्लै बस्दै आउनुभएको थियो । बिर्तामोडमा नै व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आमालाई म अध्ययन गर्न भारत गएपछि असहज नहोस् भनेर आमा र मेरो सल्लाहमा नै मैले उहाँको विवाह गरिदिएकी हुँ अप्सनाले भनिन्
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview