ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » घर फोहोर राखेको आरोप

घर फोहोर राखेको आरोप

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसबाट चर्चामा आएकी भारतीय मूलकी पूर्व पोर्नस्टार सन्नी लियोनीले बेलाबेलामा आफ्नो विगतका कारण बलिउडमा आफूलाई मन नपराउने र अस्वीकार गर्नेहरु थुप्रै रहेको बताउँदै आएकी छन्। विगतकै कारण सन्नीले मुम्बईमा आफ्ना लागि बस्ने घर किन्न खोजे पनि पाएकी छैनन्। यसैबीच उनी बसिरहेको घरबाट उनलाई निकालिएको छ। उनी मुम्बईस्थित अधेरीमा बलिउड अभिनेत्री सेलिना जेट्लीको फ्ल्याटमा भाडामा बस्दै आएकी थिइन।
सन्नीले सेलेनाले भाडामा दिएको फ्ल्याटको राम्रो हेरचाह नगरेको भन्दै निकालेको बताइन्छ। सेलिनाले सन्नीलाई बस्ने घर पाउन गार्हो भएपछि उक्त फ्ल्याटमा भाडामा बस्न दिएकी थिइन। तर, सेलिना केही दिन अगाडी आकस्मिक रुपमा आफ्नो फ्ल्याट हेर्न पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले बाथरुम, बालकनी तथा फर्निचरहरुको सरसफाइ नगरेको पाइन्।  सरसफाइ नगरेकै कारण फर्निचरहरु कुहिन लागेको देखिन।  घर  उनले कल्पना गरेभन्दा फोहर हालतमा थियो। त्यो देखेपछि उनले सन्नीलाई तुरुन्त घर खाली गर्न भनिन ।
घरबाट निकालिएपछि सन्नी हाल मुम्बईको एक होटलमा बसिरहेको बताइन्छ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview