ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » साउदीमा ३७ नेपालीको लास अलपत्र, सम्बन्धीत निकायले कुनै पहल नगरेको आफन्तको गुनासो -

साउदीमा ३७ नेपालीको लास अलपत्र, सम्बन्धीत निकायले कुनै पहल नगरेको आफन्तको गुनासो -

देशिक रोजगारीको शिलशिलामा साउदी अरबमा पुगेका ३७ जना नेपालीको लास साउदीमा नै अलपत्र परेको छ ।   मृतकहरुका परिवारले शव नेपाल ल्याईदिन बिभिन्न निकायसंग हारगुहार गर्दा पनि ति शवहरु नेपाल आउन सकेका छैनन् ।
यसरी साउदीमा मृत्यु भएका नेपालीहरुमा झापाका रणबहादुर भट्टराई र अम्बरहादुर कार्कीको शव छ महिनादेखि अलपत्र छ।त्यसैगरी ,धादिङका सुरेश तामाङ र सानुकाजी खत्री रहेका छन्।  
त्यसैगरी मोरङकी भद्रशीला श्रेष्ठ, मेघनाथ पयानगु, ऐतराज वि.क, अमर थापा, कविन्द्रकुमार साम्वाहाम्फे, राम मुरामा, रामेशकुमार चौधरी र रामु राईको लास पनि नेपाल आउन सकेको छैन । भने धनुषाका अरुणकुमार यादव, प्रेमबहादुर थापा, नवलपरासीका सञ्जय गुरुङ, सप्तरीका गोपाल चौधरी, बर्दियाका मानबहादुर पुन, सोमलाल तामाङ, लाल सिंह, र हरिबहादुर थापा रहेका छन्।
त्यस्तै गोरखाका पूर्णबहादुर थापामगर र किरण के.सी, दाङका हेमराज पुनमगर र अश्विनीकुमार तामाङ, चितवनका मानबहादुर कुमाल, महोत्तरीका गरिबनाथ साह, ताप्लेजुङका गोरेबहादुर कामी, सुर्खेतका जुद्धमान रसकोटी, महोत्तरीका रमेश मण्डल, सर्लाहीका इनरदेव महतो, गुल्मीका सन्देश नेपाली, दिलबहादुर सिंह, निलम नेम्वाङ,  नुवाकोटका कृष्णनारायण श्रेष्ठ, काभ्रेका दिलबहादुर घिसिङ, कास्कीका ध्रुवप्रसाद भट्टराई र भीमबहादुर तामाङ लगायतका शव  साउदीमा साउदी अबरमा अलपत्र परेको छ ।
बैदेशिक रोजगारिमा गएका नेपालीहरुको रोजगारिका शिलशिलामा बिभिन्न कारणले मृत्यु भएको खबर परिवारमा आईपुगेपनि ति आफन्तको शव नेपाल ल्याईदिन साउदी दुतावास, वैदेशिक रोजगार विभाग र कन्सुलर विभागले पहल नगरेको भन्दै  पीडित परिवारको गुनासो गरेका छन् ।


Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview