झण्डै ४ हजार खुटि्कला भएको एउटा भिमकाय भर्याङ, जसलाई स्वर्गको सिँढी पनि भनिन्छ । यो भर्याङ चढ्नु गैरकानूनी हो, तर दैनिक सयौँ मानिस यो भर्याङ चढ्नकै लागि आउँछन् ।
अमेरिकाको हवाई राज्यमा रहेको यो अद्वितीय भर्याङ ओवाहु टापुको भ्याली अफ हेकुदेखि पु उकेहिकाहु नामको पहाडको ७ सय ५६ मिटर उचाइको चुचुरोसम्म ठडिएको छ ।
यो भर्याङ सन् १९४०को दशकमा निर्माण गरिएको हो । अमेरिकी जल सेनाको रेडियो एन्टेना राख्नका लागि यसको निर्माण भएको थियो । अहिले पनि त्यहाँ २ लाख वाटको रेडियो ट्रान्समिटर र एन्टेना देख्न सकिन्छ । तर अहिले यो पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।

