ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मनीषको फूटबल यात्रा

मनीषको फूटबल यात्रा

मोरंग, टाँडी - १ तिल्केनी - किराँत चौकका मनिष खड्का सानै उमेर देखी फूटबलमा चासो लिने गर्थे ! कलिलै उमेरमा उनीले धेरै वडा स्तरिय खेल टाँडी - मधुमल्ला - ईलाम लगायत धेरै ठाउँमा खेलिसकेका छन् ! प्राय जसो जुनिएर र सिनियर टिममा फीट उनि दायाँ र बायाँ दुवै साईडबाट खेल्ने गर्छन फूटबलमा माहिर मानिने उनको राम्रो पक्क्ष भनेको जुनै खेलमा पनि गोल गर्ने, साथीहरुलाई पास, क्रसिंग पास र फल नखेलिकन खेल्ने उनको एक दम राम्रो पक्क्ष मानिन्छ ! आफ्नो छेत्र लगायत धेरै ठाउँहरुबाट मन जित्न सफल भएका छन ! त्यस्तै २०७२ सालको बैसाख २ गते Anfa Starts Region Selection for Anfa Acedemice U14 को सहीद रंगशाला बिराटनगरको खेल मैदानमा भएको छनौट खेलमा अग्रज दाई लगायत फूटबलका स्टार मानिने दाइहरुको मन जित्न सफल भएर काठमाडौँमा हुने फाइनल राउण्डको खेलमा पर्न सफल भएकोमा खुसी ब्यक्त गर्छन उनि ... काठमाडौँको छनौट खेलमा अझै प्रयास गर्नेछु यदि काठमाडौँको खेलमा पर्न सफल भईन भने पनि मेरो लागी फूटबलको यात्रा सुरु भयो भन्ने ठान्दछु ! मेरो उमेर छ अझै पनि केहि गरेर देखाउनेछु देश बाहिएर नेय्मार र मेस्सी अनि देशका स्टार खेलाडी हरि खड्का,अनिल गुरुङ,जुमानु राई ,बिमल घर्तिमगरका खेलहरु मन पराउने उनि अहिले आफ्नै ठाउँको खेल मैदानमा अभ्यास गर्दै छन् ! बाबाको सपोर्ट धेरै भएको बताउछन - बाबाको प्रेणाले गर्दा नै मैले फूटबल खेल्ने मौका पाएको छु -- भबिस्यमा राम्रो फूटबल खेल खेलेर देशको लागी खेल्नेछु उनि बताउछन !

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview