ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । राजधानी टोक्योबाट ८७० किलोमिटर दक्षिणतर्फ समुद्रमा केन्द्रबिन्दु रहेको ७ .८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पसँगै सुनामी आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ । जापानमा शनिबार  स्थानीय समयअनुसार साँझ ८ बजेर २४ मिनेटमा भूकम्प गएको हो । जापान मेट्रोलोजिकल एजेन्सीले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएको छ ।
यसअघि प्रारम्भिकरुपमा ८.५ मापन गरिएको जनाइएको थियो ।
भूकम्पले राजधानी टोकियो र योकोहामामा पनि झण्डै एक मिनेट हल्लाएको थियो ।
भूकम्पपछि क्षतिको रिपोर्ट नआएको जापान टूडेले जनाएको छ ।
भूकम्पको झड्काले टोकियोमा गाडी र ट्रेन केहीबेर अबरुद्ध भएको थियो ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview