काठमाडौं । संचारकर्मी बिकास लामिछानेको अभिनयले गरेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ’बोलको गीतबाट म्युजिक भिडियोबाट बिकास मोडलिङमा समेत देखिएका छन् ।
त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको भिडियो शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।
भिडियोमा बिकाश सगै काजोल खनालको समेत अभिनय रहेको छ ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियोमा नृत्य सियोन श्रेष्ठको रहेको छ
