ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » कंगनाको फिल्मको लोभलाग्दो कमाई

कंगनाको फिल्मको लोभलाग्दो कमाई

लिउडमा पुरुष कलाकारले अभिनय गरेका फिल्मले असफलताको स्वाद चाख्दा महिला कलाकार भने अगाडि देखिएका छन् । रणवीर कपुर अभिनित फिल्म बम्बे बेलबेट पूर्ण रुपमा असफल हुँदा अभिनेत्री कंगना रनावत अभिनित फिल्म तन्नु वेड्स मन्नु रिटन्र्सले व्यापारमा उचाई पाएको छ ।


समिक्षकदेखि दर्शकबाट समेत खुबै तारिफ पाएको यो फिल्मले पहिलो दिनमै ८.७५ करोडको व्यापार गरेको छ । रणवीर कपुरको फिल्मले पहिलो दिनमा ६ करोड हारहारीको व्यापार गरेको थियो ।फिल्मको शनिबार र आइतबारको व्यापार झनै माथि हुने विश्लेषकहरु बताउँछन् । प्रमोशन खर्च समेत जोड्दा यसको कुल लगानी ३० करोडको छ । फिल्मले ३ दिनमै लगानी उठाउने संभावना छ ।


यसअघि दीपिका पादुकोण अभिनित फिल्म पीकुले पनि राम्रो व्यापार गरेको थियो । पुरुष कलाकारका फिल्म असफल हुँदा महिलालाई केन्द्रमा राखेर तयार पारिएको फिल्मको व्यापार राम्रो देखिएको छ । फिल्ममा कंगनाको कामको खुलेरै तारिफ गरिएको छ ।

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview