बेलायतको ब्रनेल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार फेसबुकका स्टाटसको माध्यमबाट कुनैपनि व्यक्ति अहंकारी छ की, विक्षुब्ध वा आकुल व्याकुल छ, ? तथा व्यक्तिमा आत्मगौरव कत्तिको छ ? भन्ने कुरा थाहा पाउन सकिन्छ ।
शोधकर्ताहरुका अनुसार मनोविक्षुब्धता अर्थात् आकुलताजन्य मनोवृत्ति भएकेा मानिस फेसबुकमा अन्यबाट समर्थन तथा स्विकारोक्ति बटुल्न चाहन्छ । आफ्ना स्टाटस तथा पोष्टहरुमा बढि लाइक प्राप्त भएमा सामाजिक रुपमा समावेशीकृति भएको अनुभुति गर्दछ र लाइक प्राप्त हुन नसकेमा आफुलाई बहिस्कृत ठान्दछ ।
बहिमूर्खी मान्छेहरुले फेसबुकलाई आफ्नो सामाजिक आबद्धताको माध्यमको रुपमा सदुपयोग गर्दछन् र आफ्नो सामाजिक कार्यकै विषयमा फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनीहरु लाइकबाट खासै प्रभाव हुँदैनन् तर फेसबुकमा च्याट तथा सम्वादबाट बढि उत्साहि बन्दछन् ।
अहंकारी मनोवृत्ति भएको मानिसले फेसबुकमा आफ्ना उपलब्धी, खानपान तथा व्यायामको विषयमा बढि स्टाटस लेख्ने गर्दछ । उनीहरु पनि आफ्ना फेसबुके साथीहरुबाट आफ्ना स्टाटसमा बढि लाइक तथा सकारात्मक टिप्पणीको औधि अपेक्षा गर्दछन्।
खुल्लापन, उत्साही तथा सिर्जनात्मकता भएका मानिसहरुले फेसबुकमा खासगरी बौद्धिक विषय तथा राजनीतिक दर्शनका विषयमा स्टाटस लेख्दछन् । उनीहरुले फेसबुकमा अन्तरक्रिया भन्दा पनि पछिल्ला गतिविधि तथा अनुसन्धानका विषयमा जानकारी शेयर होस् भन्ने अपेक्षा राख्दछन् र लाइकका भोका हुँदैनन् ।
खुल्लापन, उत्साही तथा सिर्जनात्मकता भएका मानिसहरुले फेसबुकमा खासगरी बौद्धिक विषय तथा राजनीतिक दर्शनका विषयमा स्टाटस लेख्दछन् । उनीहरुले फेसबुकमा अन्तरक्रिया भन्दा पनि पछिल्ला गतिविधि तथा अनुसन्धानका विषयमा जानकारी शेयर होस् भन्ने अपेक्षा राख्दछन् र लाइकका भोका हुँदैनन् ।
इमान्दार मानिसहरुले फेसबुकमा आफ्नो पार्टनरका विषयमा बढि स्टाटस लेख्ने गर्छन् । त्यसका साथै बालबच्चा तथा परिवारजनका उपलब्धी तथा सफलताका विषयमा पनि फेसबुक मार्फत बखान गर्ने गर्दछन् ।
आत्मगौरव कम भएको मानिसहरु पनि आफ्नो यौन पार्टनरका विषयमा फेसबुकमा धेरै पोष्ट गर्ने गर्दछन् । असुरक्षाको भाव हटाउन तथा अरुलाई आफ्नो सम्बन्ध राम्रोसँग चलिरहेको छ भन्ने पार्नका लागि उनीहरुले पार्टनरका विषयमा फेसबुकमा बखान गर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता व्यक्तिका फेसबुक स्टाटसले कम लाइक पाउने गरेको पनि देखिएको छ ।

