यसअघि नदी थुनिएर १६ घण्टापछि ५ बजेर ८ मिनेट जादा पहिरोमाथीबाट पानी बग्न शुरु भएको थियो । झन्डै त्यसको १ घण्टापछिबाट नै पानी बग्ने बाटो फराकिलो भएपछि ताल फूटेर नदीमा बाढी आए जसरी नै पानी बगेपनि क्षति भने केही गरेन ।
बैसरेमा २६ घर पहिरो र डुबानले ध्वस्त हुनुबाहेक अहिलेसम्म कुनै मानवीय क्षति नभएको म्याग्दी प्रहरीले जनाएको छ । म्याग्दीका प्रहरी प्रमुख हिरा गिरीका अनुसार यो समाचार तयार पार्दासम्म तालमा जमेको ८० प्रतिशत पानी सामान्य रुपमा बगिसकेको छ ।
अब त्यहाँ कुनै पनि जोखिम र खतरा नभएको बताइएको छ । यसअघि सिन्धुपाल्चोकमा आजकै जस्तै गरी सुनकोशी नदी थुनिदा धेरैले ज्यान गुमाएका थिए । भने हजारौ विस्थापित भएका थिए ।
सुख्खा पहिरो जाने क्रम रोकिएन
गएरातीदेखि नै म्याग्दीको राम्चे बैसेरीको महभीर बाट फुटेर गएको पहिरो खस्न अझै रोकिएको छैन् । सुख्खा पहिरो जाने क्रम नरोकिदा आज विहान राजधानीबाट गएको नेपाली सेना, सशस्त्र प्रहरीसहितको भुगर्भविदको टोलीले कुनै पनि अध्ययन र काम गर्न सकेको थिएन । भने प्रहरी पनि पहिरो खसेको हेर्न बाहेक अरु केही गर्न सकेको थिएन ।
यद्यपी अहिले पनि सो क्षेत्रमा पहिरो जाने क्रम नरोकिदा आसपासको क्षेत्र धुलाम्मे हुनुका साथै पहिरो कति र कहाँ कहाँ गयो हेर्न सकिएको छैन् । पहिरो जान नरोकिएसम्म त्यस क्षेत्रका बारेमा कुनै अध्ययन गर्न नसकिने म्याग्दीका डिएस्पी गिरीको भनाई छ।
ध्वस्त २६ घरका १ सय २३ जनालाई डिएस्पीले यसरी बचाए
आइतबार सबैरै देखि देशैभरी म्याग्दीमा गएको पहिरोले चारैतिर सन्नाटा छाएको थियो । नदी थुनिएको र ताल ठूलो बनेको मात्र खबर आएर निकै त्रसित त्यसआसपासका बासिन्दा एक्कासी ड्याम फुटेर सारा बस्ती नै बगाउने सोचिरहेका थिए ।
तर, त्यसो भएन र ठूलो खतरा ट¥यो तथा हुने जोखिमलाई पनि म्याग्दीका प्रहरी प्रमुख हिरा बहादुर गिरीले पहिल्यै निराकरण गरिदिए ।
बैशाख १२ गते गएको भूकम्पले म्याग्दीको बैसेरीको काफलडाडाँमा निकै ठूलो होल गरी धाजा फाटेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । त्यही सुचनालाई गम्भिर रुपमा लिदै डिएस्पी गिरीले चारदिन अघि आफै चार घण्टा हिडेर सो डाडाँको टुप्पोमा गई सबै हेरे ।
जहाँ जतिबेला पनि नदीतिरको त्यो पहाड फुट्न सक्थ्यो र ठूलो पहिरो जान सक्थ्यो जो अहिले पनि गईरहेको छ। उनले तत्कालै त्यो सम्भावना देखेपछि काफलडाडाको फेदी बैसेरीका मानिसहरुलाई एकदमै सचेत रहन र प्रहरी लगायतका सुरक्षा निकायलाई हाई अलर्टमा राखेका थिए ।
उनले हाई अलर्ट मा राखेका बस्तीमा अस्तिदेखि पहिरो जान थालेकामा हिजोराती ठूलो पहिरो जानुअघि नै उनले २६ घरका १ सय २३ जनालाई सुरक्षित स्थानमा जान भनेका थिए । लगत्तै ठूलो पहिरो जादा २६ घर पूर्ण रुपमा ध्वस्त भएपनि कुनै मानवीय क्षति भएन ।
यतिबेला डिएस्पी गिरीलाई विस्थापित १ सय २३ मानिसहरुले आफ्नो ज्यान बचाएकामा धन्यवाद दिइरहेका छन् । यसअघि मध्यान्ह गृहमन्त्री बामदेव गौतम र प्रहरी आइजिपी उपेन्द्रकान्त अर्याल आफै पुगेर सा क्षेत्रका निरीक्षण गरेका थिए ।
