ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » अहिले भन्दा नब्बे सालमा नै ठूलो विपत्ति

अहिले भन्दा नब्बे सालमा नै ठूलो विपत्ति


त्रासदीपूर्ण घटनाहरु मानिसले विर्सन चाहेर पनि विर्सन सक्दैनन् । मानसपटकलमा जहिले पनि झझल्को बनेर बसिरहने यस्ता घटनाहरु मानिसको जीवनमा सग्लो इतिहास र अनुभव बनेर छछल्किरहन्छ नै । २०७२ सालको महाविनाशकारी भूकम्प र १९९० को महाभूकम्प भोग्ने नेपालीहरुले यो त्रासलाई कहिल्यै मेटन सक्दैनन् । दुई ठूला भूकम्पले पु¥याएको क्षति र विनाश मानसपटलमा नाचिरहन्छन नै ।
काठमाण्डौको पूर्वी क्षेत्रमा पर्ने डाँछीकी स्थानीय यी ९३ बर्षीया जीवकुमारी पुडासैनी जसले २०७२ साल र १९९० सालको दुवै भुकम्पको त्रास व्यर्होनु भयो । ९० सालमा भुकम्प आउदा १३ बर्षकी पुडासैनीलाई तत्कालीन अवस्थामा अहिले भन्दा ठूलो बिपत काठमाण्डौमा आईपरेको सम्झना छ । ९० सालको महाभुकम्प आउदाको क्षणबारे सम्झदै उहाँले आजपनि आफ्नो स्मरणमा उक्त समयका त्रासिदीपूर्ण अवस्था अझै ताजा रहेको बताउनु हुन्छ । २०७२ सालको बैशाख १२ भन्दा ठुलो भुकम्पको स्मरण गदै बद्धा पुडासैनीले उक्त समयमा समेत धेरै मानिसले ज्यान गुमाएको भन्दै काठमाण्डौको असन, ललितपुरको पाटन तथा भक्तपुरमा ठूलो विनास गरेको उहाँको सम्झना छ । यसरी धेरै मान्छेले ज्यान गुमाएको कारण सप्ताह तथा कोटीहोम लगाइएको उहाँको सम्झनामा अझै ताजा छ । १९९० सालमा आएको महाभुकम्प पछि लामो समय यस्तै परकम्पन आएको बताउदै उहाँका परिवारले बारीमा छाप्रो राखेर दुई महिना सम्म बारीमा नै बसेको उहाँले बताउनु भयो । दुईमहिना पछि घर फर्कदा पनि अझै त्रास कायमै रहेको स्मरण गराउदै उहाँले उक्त समयमा मरेका मानिसहरुको लास जलाउन नसकेर देवघाटमा लगेर फालेको आफुले सुनेको समेत बताउनु भयो । अहिले जस्तो सामाजिक सञ्जालहरु नभएता पनि त्यसबेला पनि निके हल्लाहरु आउने तर हल्ला भए जस्तो अवल्स्था नआएको उहाँको अनुभव छ । अहिले पनि धेरै जनाले आ आफ्नो मनमा लागे संगै धेरै हल्ला हुने भन्दै यस्ता हल्लाको पछि नलाग्न ९० बर्षीया बद्धा पुडासैनीको सुझाव छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview