उमेरले नौ दशक पूरा गर्दा समेत ‘विष्ट’का थोत्रा कपडा सिउने कामबाट मुक्ति नपाएका मोतीलाल दमार्इंलाई जीवनको उत्तराद्र्धमा भैँचालाले दिएको भयानक पीडालाई सहन गर्नुपर्ला भन्ने लागेको थिएन । गत वैशाख १२ गतेको गोरखा भूकम्प र त्यसपछिका पराकम्पनले थोत्रो घर ढल्यो, विष्टका कपडा र जिन्दगीभर चलाइएको कल पनि पुरियो । खुला आकाशमुनि जिन्दगीको परिभाषा खोज्दै बसेका दमाईंलाई राहतका नाममा दाताले आजसम्म केही किलो चामल र दुईचार पोका चाउचाउ मात्र दिएका थिए । बस्ने थातथलो नै भत्किएपछि खुला आकाशमुनि सामान्य पालका भरमा जिन्दगी चलाइरहनुभएका उनलाई एउटा सहृदयीले दिएको जस्तापाता पाएपछि खुसीको सीमा रहेन । खुम्चा परेको अनुहारमा हाँसो फोहोरा निकाल्दै उनले भने – “जिन्दगीभर देवीदेवता सम्झिएँ, विष्टलाई पनि आफूलाई भन्दा बढी मानेँ, तर उनीहरु सुखका साथी मात्र थिए, दुःख पर्दा कोही आएनन्, भगवान् भनेका त दुःखका साथी त हुन्, यस्तै सहृदयी आज फेला प¥यो, भगवान् त देखेको छैन, तर मानवरुपी भगवान् मात्र आज फेला प¥यो ।” हाल अस्ट्रियाको ग्राज सरहमा बस्दै आएका ललितपुर लेलेका स्थायी बासिन्दा अमृत पौडेलले प्रदान गरेको आधा गठ्ठा जस्ताले उनलाई वर्षा कटाउन सहज हुन्छ भन्ने लागेको छ । केही पाता जस्ता घरमा छन् । ती जस्तासमेत मिलाएर उनी अस्थायी आवास बनाउने योजनामा छन् । गाउँमा दलित भनेर हेला गरिने समुदायलाई पौडेलले प्रदान गरेको जस्ता वर्षा धान्ने मेलो मात्रै बनेको छैन, जिन्दगीको उत्तराद्र्धमा पाएको सबैभन्दा ठूलो खुसीसमेत बनेको छ । पौडेलले धादिङ सदरमुकाम नजिकै रहेको नीलकण्ठ नगरपालिका वडा नं ९ पाल्पा डाँडाथोकवासीलाई आधा आधा गठ्ठाका दरमा जस्तापाता वितरण गरे । यस्तै जस्तापाता पाएपछि असाध्यै खुसी भएकी अर्की स्थानीयवासी डल्ली परियारले पनि भैँचालोपछि पाएको सबैभन्दा ठूलो र दीर्घकालीन राहतका रुपमा त्यसलाई मानिन् । भैँचालाले भत्काइदिएको घरको खण्डहर दृश्य हेर्दै दिन कटिरहेको थियो । राहतका नाममा आएका केही पोका चाउचाउ र बिस्कुटले वर्षा धानिँदैन भन्ने उनलाई लागेको थियो । “संसारमा एउटा नेपालीलाई परेको दुःख हेर्ने अर्को नेपाली पनि रहेछन् भन्ने देखियो, भग्नावशेष हटाएर बाँकी रहेका जस्तापाता जोडजाम पारेर घर बनाउने योजना रहेको छ” – परियारले भनिन् । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण धादिङका अधिकांश घर तथा आवासस्थल भत्किएका छन् । घर भत्किएका कारण अन्नपातसमेत सबै खेर गए । दाताले दिएको राहतका भरमा जीवन गुजारिरहेका स्थानीयवासीले खाद्यान्नभन्दा पनि आवासको खोजी गरेका छन् । सरकारले जस्तापाता खरिदका लागि दिने भनेको रु १५ हजार पनि स्थानीयवासीले नपाएको गुनासो गरेका छन् । भैँचालाले स्थानीय दलित बस्ती सबैभन्दा बढी प्रभाव पारेको छ । भैँचालाले भत्काएको घर अगाडि सुस्ताइरहेका गोपाल लम्सालले राहतमा जस्तापाता पाएपछि हर्षविभोर हुँदै भने – “संसारमा मानवीयता मरेको रहेनछ, भगवान् खोज्न धेरैतिर चाहा¥यौं, तर दुःखका बेला साक्षात् प्रकट भए ।” अर्का स्थानीयवासी वीरबहादुर खनाल राहत सामग्रीका रुपमा जस्ता पाएपछि त्यसैलाई उपयोग गरेर अस्थायी आवास बनाउने योजनामा रहेका छन् । “घर भत्किएपछि बीउ राख्ने अन्नको गेडोसमेत छैन, धानको बीउ राख्ने बेला भयो, सरकारले निःशुल्क धानको बीउ दिने भनेको पनि सुनेको हो, तर आजसम्म पाएको छैन, बस्ने बास भएपछि त्यसको पनि जोहो गरुँला” – खनालले भने । भैँचालो गएपछि स्थानीयवासीलाई राहत वितरणको संयोजन गरिरहेका नगरपालिका वडा मञ्चका सदस्य शुकदेव लम्सालले सरकारले प्रदान गर्ने भनेको राहत रकम नपाएका बेला विभिन्न सहृदयी व्यक्तिले प्रदान गरेको राहतले स्थानीयवासीलाई धेरै खुसी दिएको बताए । “यसअघि केही बोरा चामल, केही थान चाउचाउका प्याकेट र केही बिस्कुट मात्रै पाएका स्थानीयवासीले अस्थायी आवास कसरी निर्माण गर्ने भन्ने चिन्तामा रहेका बेला राहतको नाममा जस्तापाता पाए, त्यसले स्थानीयवासीलाई असाध्यै खुसी दिएको छ” – उनले भने ।
Home
»
ताजा समाचार :
»
मोतीलाल दमार्इंले घरमै ‘भगवान’ भेटेपछि…
मोतीलाल दमार्इंले घरमै ‘भगवान’ भेटेपछि…
Labels:
ताजा समाचार :
Popular Posts
-
शहित स्मृती जागृति युब क्लब ठुलोसिरुवारी ३ मा पहिले चोटी चर्चित कालाकार हरु बाट दिपावली सांगीतिक धमाक़ा गरिने भएको छ
-
प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलन...
-
जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेव...
