ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » असारमा नयाँ संविधान, साउनमा केपी ओली प्रधानमन्त्री

असारमा नयाँ संविधान, साउनमा केपी ओली प्रधानमन्त्री

मुलुक भूकम्पले दिएको पीडामा रहेका बेला वर्तमानका मूख्य राजनीतिक दलहरु भने राष्ट्रिय सरकार निर्माणका लागि भन्दै दौडधूपमा लागेका छन् ।
यसै सिलसिलामा शुक्रबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भएको छ ।
justify;">बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका साथै भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठनको स्वरुप र कार्यहरुबारे छलफल भएको हो ।
बैठकमा असार मसान्तसम्ममा ‘फास्ट ट्रयाक’बाट संविधान जारी गर्ने र साउन लागेसँगै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्ने र त्यसपछिको सरकारको नेतृत्व भने एमालेका अध्यक्ष केपी ओलीले गर्ने गरी छलफल भएको बताइएको छ ।
यस प्रस्तावमा प्रधानमन्त्रीसहित सबै दलका नेता सहमति नजिक रहेको स्रोतले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहभागी थिए ।
त्यसअघि एमाले र एमाओवादीका शीर्ष नेताबीच बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा छलफल भई वर्तमान सरकारको विकल्प खोज्ने विषयमा छलफल भएको थियो ।
अध्यक्ष ओली, नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्या भण्डारी तथा एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराइबीच भेटवार्ता भएको हो ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview