ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला

बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला

इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् ।
jastapata
विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको थाहा पाएपछि स्थानीयबासी यतिबेला छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्‍याइएको थियो ।
अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए ।
गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्‍याउने बताए ।
फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्‍यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो ।
स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview