अर्थतन्त्रमा अर्को धक्का
महाभूकम्पको चोटबाट तंग्रिन नपाउँदै भारतले लगाएको नाकाबन्दीले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । झन्डै दुई महिनादेखि जारी तराई–मधेसको आन्दोलनले प्रभावित अर्थतन्त्र मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारको नाकाबन्दीले मर्माहत भएको हो ।
आश्विन २३, २०७२- लामो समयदेखि तराईमा भइरहेको आन्दोलन र त्यसपछि भारतको नाकाबन्दीका कारण आर्थिक बृद्धिदर नराम्ररी खस्कने भएको छ । चालू आर्थिक वर्षको बजेटमा ६ प्रतिशत वृद्धिको अपेक्षा गरिएको थियो । पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार पछिल्ला गतिविधिहरूका कारण यो ३ दशमलव ५ प्रतिशतमा झर्न सक्नेछ । ‘तराईमा भइरहेको आन्दोलन र त्यसपछिको भारतीय नाकाबन्दीले आर्थिक वृद्धिदर लक्ष्यको झन्डै आधा झर्ने देखिन्छ,’ उनले कान्तिपुरसित भने । सरकारी उच्च अधिकारीहरू नाकाबन्दी लामो समय गए ३ प्रतिशतमा ओर्लिने बताउँछन् । जुन गत वर्षको भूकम्पको असर बराबर नै हुनेछ । गत वर्ष पनि भूकम्पका कारण आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित भएको थियो ।
‘यसको असर भूकम्पभन्दा पनि ठूलो पर्ने देखिएको छ,’ अर्थमन्त्री रामशरण महतले कान्तिपुरसित भने । भूकम्पपछिको ८३ दिनमा अर्थतन्त्रमा करिब ५२ अर्बको असर परेको त्यतिखेर सार्वजनिक गरिएको विपदपछिको आवश्यकता पहिचान (पीडीएनए) प्रतिवेदनमा उल्लेख छ । तर यस पटकको नाकाबन्दी कति समय जान्छ भन्ने निक्र्योल नभएकाले तथ्यांकमै भन्न नसकिने मन्त्री महतले बताए । ‘अर्थतन्त्रका सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ,’ उनले भने, ‘अब कति समय चल्छ सोही आधारमा के–कति भन्न सकिनेछ ।’
योजना आयोगमा अर्थतन्त्र हेर्ने सदस्य स्वर्णिम वाग्ले पनि ६ प्रतिशतको वृद्धि सम्भव नभएको स्वीकार्छन् । ‘तर त्यसभन्दा तल कतिसम्म जान्छ भन्न केन्द्रीय तथ्यांक विभागले अध्ययन गर्नुपर्छ,’ उनले भने । तराई–मधेसमा चलेको आन्दोलन, भूकम्पको पुनर्निर्माणमा भएको ढिलाइ र सरकारको खर्च गर्ने क्षमता कम भएको भन्दै विश्व बैंकले यसैसाता मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसमा नाकाबन्दीको असर समावेश नभएकाले सहजै वृद्धिदर संकुचित हुने विज्ञहरू बताउँछन् । आर्थिक गतिविधि सुस्ताएकाले सरकारी खर्च पनि हुन सकेको छैन ।
असोज २० गतेसम्मको तथ्यांकअनुसार ८० दिनमा पुँजीगत खर्च १ दशमलव ३९ प्रतिशत मात्रै भएको छ । यस वर्ष पुनर्निर्माणसहित २ खर्ब ८ अर्ब विकास लक्षित पुँजीगत खर्च विनियोजन गरिएको छ ।

चुलोमै असर
भारतीय इन्धनमै निर्भर यहाँको चुलोमा नाकाबन्दीको पहिलो असर परेको छ । राजधानीमा मात्रै महिनामा १७ लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ । नाकाबन्दीयता सर्वसाधारणले सिलिन्डिर पाउन छाडेका छन् । घरघरमा ब्रिकेटलगायत विकल्पको खोजी सुरु भएको छ भने होटल, रेस्टुरेन्ट दाउरा खोज्न थालेका छन् ।

राजधानीमा नाकाबन्दीको सबैभन्दा बढी असर परेको छ । ‘ग्यास सकिन लाग्यो हिटर किनेर राखेको छु,’ मैतीदेवीका नीरजराज सत्यालले भने, ‘अब बत्तीको ठेगान नभएकाले कहिले ४ बजे उठेर पनि भात पकाउनुपर्ने हुन सक्छ, बत्ती नभएका बेला ब्रिकेट पनि राखेको छु ।’
राजधानी सबैभन्दा प्रभावित
तराईमा चलेको आन्दोलनका क्रममा सुरक्षा घेराबाट इन्धन राजधानी आइरहेको थियो । तर भारतीय नाकाबन्दीपछि राजधानी सबैभन्दा बढी प्रभावित भएको छ । निजी सवारी साधनले दसैंअघि एकपटक मात्रै अब इन्धन पाउने छन् । सार्वजनिक सवारीमा पनि जोरबिजोर लागू भएको छ । बसको छतमा यात्रा गर्न सर्वसाधारण बाध्य भएका छन् ।

राजधानीलाई दिनको साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल आवश्यक हुन्छ । तर अभाव चुलिँदै गएपछि शुक्रबार ३८ हजार लिटर पेट्रोल र १ लाख ४६ हजार लिटर डिजेल वितरण गरियो । ‘भारतीय आयल निगमले इन्धन दिन कम गरेकाले कटौती भएको हो,’ आयल निगमका प्रवक्ता दीपक बराल भन्छन्, ‘अब विकल्प खोजिरहेका छांै ।’ निगमलाई २ अर्ब बढीको नोक्सानी भइसकेको छ । इन्धन अभावकै कारण धेरैजसो विद्यालय/कलेज सातादेखि बन्द छन् । ‘लोडसेडिङ भइरहेका बेला राजधानी बाहिर काम रोक्नुपरेको छ,’ बैंकर्स संघका सदस्य भुवन दाहालले भने ।
सदीयौंदेखिको मित्र राष्ट्र भारतको अनपेक्षित व्यवहारका कारण सर्वसाधारण र व्यवसायी दुवैका लागि नजिकिँदै गएका दसैं, तिहार र छठजस्ता पर्व खल्लो हुने भएका छन् । आर्थिक महत्त्वसमेत बोक्ने यी ठूला चाडको एक महिनामा व्यापारीहरूले वर्षभरिको झन्डै ३० प्रतिशत कारोबार गर्थे । अनौपचारिक अनुमानअनुसार यस बेला लत्ताकपडा, इलेक्ट्रोनिक्ससहित चिनियाँ सामानको मात्रै करिब २० अर्बको कारोबार हुने गरेको थियो । जुन यसपटक स्वात्तै घट्ने भएको छ ।

सीधा चीन जोड्ने नाका भूकम्पका कारण बन्द छन् भने त्यहाँबाट समुद्री मार्ग हुँदै आएका सामानलाई भारतले रोकिदिएको छ । द्विपक्षीय र बहुपक्षीय सन्धि र सम्झौताविपरीत भारतले ट्रान्जिटमा रहेका सामानलाई समेत रोकिदिँदा दसैंसँगै जाडो महिना लक्षित कारोबार प्रभावित भएको हो । ‘करिब हजार कन्टेनर बाटोमै अलपत्र छन् तर कहाँ छन् भन्ने अत्तोपत्तो छैन,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले भने, ‘दसैंतिहार र जाडोको पनि कारोबार प्रभावित हुने भएको छ ।’ राजधानीबाट बाहिरिन खोज्नेहरूका लागि पनि सहज छैन । सबैतिर बस चलेका छैनन् । बस व्यवसायीहरूका अनुसार पछिल्लो २ महिनामा करिब १० अर्बको नोक्सानी बेहोर्नु परेको छ ।
फस्टाउँदै कालोबजारी
‘यता ल्याउन गाह्रो भएकाले भोलि धरानबाट आएको पेट्रोल लिन नागढुंगा जानुछ,’ पुल्चोकका एक युवकले शुक्रबार दिउँसो आफ्नो योजना सुनाए, ‘भाउचाहिँ लिटरको ४ सय भनेको छ ।’ भारतको नाकाबन्दीले अवैध आयात र कारोबार बढाएको छ ।

शुक्रबार मात्रै पाल्पा पुगेका पूर्वअर्थ सचिव खनालले बाटोमा यसरी कारोबार भइरहेको देखेको टेलिफोनमार्फत जानकारी दिए । ‘बजारले आपैंm विकल्प खोज्छ भनेको यही हो,’ उनले भने, ‘सयको पेट्रोल घरमै पुर्याउने गरी २ सयमा बिक्री भइरहेको देखें ।’
खानेतेलको मूल्य प्रतिलिटर २० रुपैयाँ महँगिएको छ । २५ किलोको चामल बोरामा एक महिनायता दुई सयसम्म भाउ बढिसकेको छ । राजधानीको चक्रपथ वरिपरिका ठाउँमा आलु प्रतिधार्नी १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । समस्या समाधान नभए इन्धन जस्तै अन्य सामानको पनि कालोबजारी बढदै जाने खतरा छ ।

उत्पादनमूलक उद्योग संकटमा
उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार दुई महिनादेखि जारी तराई आन्दोलन र त्यसपछि भारतको नाकाबन्दीले एक खर्ब रुपैयाँ बराबर अर्थतन्त्रमा घाटा पुगिसकेको छ । तराई क्षेत्रका २ हजारभन्दा बढी उद्योग बन्द छन् । ४ लाख श्रमिक कामविहीन भएका छन् । ‘दिनको २ अर्ब नोक्सानी भइरहेको छ,’ मुरारका भन्छन्, ‘अब त कृषिमा पनि असर परेकाले नोक्सानी थपिने छ ।’ बन्दका कारण मलखाद पाइएको छैन । इन्धन अभावले उपज बजारसम्म पुग्न सकेको छैन ।

लगानीकर्ताको विश्वास गिर्दै
‘नाकाबन्दी आन्दोलन जस्ता गतिविधिले तत्काल ठूलो असर अर्थतन्त्रका सूचकहरूमा नदेखिए पनि विस्तारै विश्वास गुमाउँदै गएको हुन्छ,’ पूर्वसचिव खनाल भन्छन् । नयाँ लगानी नथपिने र भएको पनि बाहिरिने सम्भावना हुने उनको बुझाइ छ । प्रत्यक्ष नखुलाए पनि एनसेलको लगानीकर्ता टेलियासोनारा नेपालबाट बाहिरिन खोज्नुमा यहाँको राजनीतिक वातावरण मुख्य हो । अन्य केही बहुराष्ट्रिय कम्पनीसमेत बाहिरिने तरखरमा रहेका एक व्यवसायीले बताए ।
भारतसँगको सम्बन्ध चिसिँदै गएकाले दुई देशबीचको ऊर्जा व्यापार सम्झौता कार्यान्वयनमा आउन कठिन हुनेछ । भारतीय कम्पनीले बनाउने भनेका आयोजनामा काम हुनेछैन । ‘धेरैले नेपाललाई भारतको आँखाबाट हेर्ने गरेका छन्,’ एक व्यवसायी भन्छन्, ‘उसैले समस्या सिर्जना गरेपछि अन्य लगानीकर्ता कहाँबाट आउँछन् ?’

पर्यटनमा तत्कालै असर
‘होटलको अकुपेन्सी दर काठमाडौंमा २० र बाहिर ५ प्रतिशत पनि छैन,’ होटल संघका पूर्वअध्यक्ष प्रकाश श्रेष्ठले भने, ‘आएका पाहुनलाई पनि इन्धन अभावमा सेवा दिन नसक्ने अवस्था छ ।’ यस्तै भइरहे चलाउन सक्ने अवस्था नरहेको उनले बताए । एक दिनमा १५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता नेपाली पर्यटन उद्योगको छ । ठूलो संख्यामा बेरोजगार हुने खतरा रहेको उनी बताउँछन् ।

पर्यटन उद्योगले प्रत्यक्ष रूपमा ३ लाखलाई रोजगारी दिएको छ । एउटा पर्यटकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ९ जनालाई कुनै न कुनै रूपमा रोजगारी दिएको हुन्छ । ‘भुइँचालो पछि विस्तारै सुधार हुन थालेको व्यवसाय पनि प्रभावित भएको छ,’ श्रेष्ठले भने, ‘कहिलेसम्म यस्तो अवस्था रहने हो, भन्नै सकिँदैन ।’ यसैबीच अमेरिकाले पनि नेपालको नाकामा समस्या भएको भन्दै आफ्ना नागरिकलाई घुम्न जादा सचेत हुन भनेको छ । जसले पर्यटन व्यवसायमा थप असर पार्नेछ ।