ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » दसैंमा कसरी घर जाने ?

दसैंमा कसरी घर जाने ?

आश्विन २4, २०७२- दसैं नजिकिँदै छ । यस बेला निकै चहल–पहल हुनुपर्ने हो । तर, यसपटक परिस्थिति ठीक उल्टो छ । मुलुकमा विभिन्न कुनाबाट राजधानीमा थुप्रिएका व्यक्तिहरू दसैं मनाउन कसरी घर जाने भन्ने पिरलोमा छन् ।
करिब २ महिनायता मुलुकमा बन्द, हडताल जारी छ । त्यसमाथि छिमेकी भारतको नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको संकट छ । इन्धन अभावकै कारण दसैंमा उपत्यकाबाट बाहिरिने करिब १५ लाख मानिस अहिले रनभुल्लमा छन् । उपत्यकाभित्रै भए पनि इन्धन र ग्यास अभावका नभएर दैनिक जीवन निकै कष्टकर भएको छ । पूर्व घर भई उपत्यकामा बस्दै आएका रोशन अधिकारी भन्छन्, ‘यसपटक घर जान सकिन्छ कि सकिँदैन थाहा छैन, अहिले यो नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।’
यातायात व्यवस्था विभागले मुलुकको सम्पूर्ण यातायात हेर्छ । ‘विभागले यसपटकको दसैंमा उपत्यका बाहिरिने यात्रुलाई मध्यनजर गर्दै योजना बनाएको थियो,’ विभागका निर्देशक वसन्त अधिकारीले भने, ‘तर इन्धन अभावका कारण योजना लागू गर्न गाह्रो भएको छ ।’
अधिकारी यात्रु आफैं आफ्नो जोहो गरेर घर गए राम्रो हुने बताउँछन् । यात्रुहरूलाई ध्यानमा राखेर विभागले असोज २४ गतेदेखि हेल्प डेक्स राख्ने योजना बनाएको छ । ‘पहिलो र दोस्रो चरणमा गरी उपत्यकाका विभिन्न स्थानमा १२ वटा हेल्प डेक्स राखिनेछ,’ अधिकारीले भने । विभागले नयाँ बसपार्क, बल्खु, गौशाला, नागढुंगा, सातदोबाटो, कलंकी, जोरपाटी, कोटेश्वर, सुन्धरा, पुरानो बसपार्कलगायत स्थानमा हेल्प डेक्स राख्नेछ । विभागले २४ गतेपछि बढी चाप हुने आँकलन गरेको छ । विभागले नेपाल आयल निगमबाट व्यवसायीहरूलाई इन्धन दिलाउन पहल गर्ने पनि जनाएको छ । विभागले हेल्प डेक्सबाट बढी भाडा लिए कारबाही गर्ने, लामो दूरीमा दुई ड्राइभर राखे/नराखेको हेर्ने, एकजनालाई ५ वटाभन्दा बढी टिकट दिन नपाउने, चालक र सहचालकले यात्रुलाई दुव्र्यवहार गरे कारबाही गर्ने योजना बनाएको छ ।
‘इन्धन नमिलेसम्म हामीले केही गर्न सक्ने स्थिति छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सरकारी तर्फबाट हामीलाई इन्धन उपलब्ध भए, हामी दसैंमा यात्रुलाई घर पुर्‍याइदिने छौं ।’
महासंघले शुक्रबार दसैंमा उपत्यकाबाट १५ लाख यात्रु बाहिरिने आँकलन गर्दै योजना बनाएर त्यहीअनुसारको इन्धन आयल निगमसँग माग गरेको छ । महासंघले निगममै गएर दसैंको तयारीका लागि २६ गते घटस्थापनादेखि ८ दिनका लागि मुलुकभर चल्ने यात्रुवाहक बसका लागि इन्धन मागेको हो । साथै, उपत्यका र अन्य रूटमा चढ्ने गाडीका लागि पनि इन्धनको माग गरिएको छ ।
उपत्यकाका मुख्य नाका नागढुंगा र बल्खुबाट ५० हजार गाडी दसैंका यात्रु बोकेर बाहिरिने महासंघको आँकलन छ । महासचिव सिटौलाका अनुसार साना–ठूला गरेर हरेक दिन ६२ सय ५० गाडी बाहिरिने छन् । औसतमा हरेक दिन ९ लाख ३५ हजार लिटर इन्धनको आवश्यक पर्नेछ । यी आठ दिनमा जम्मा ९४ लाख ९६ हजार लिटर इन्धन आवश्यक पर्ने महासंघले जनाएको छ ।
यस्तै, महासंघले कोटेश्वर नाकाबाट पूर्व अरनिको र बीपी लोकमार्गमा ७ दिन प्रयोगका लागि १ लाख १२ हजार लिटर इन्धन माग गरेको छ । यो नाकाबाट दैनिक २८ सय गाडी जाने अनुमान गरिएको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview