- नयाँ शक्ति राजनीतिक अभियान बन्नुपर्छ । यो सामूहिक मिसन हुनुपर्छ । निश्चय नै यसको प्रस्ताव भट्टराईले गरेका हुन् तर यसको समृद्धि एक व्यक्तिबाट मात्र सम्भव छैन ।
२०७२- बाबुराम भट्टराईले चैत ०७० मा नेपालबाट नयाँ शक्तिको बहस प्रारम्भ गरेका थिए । त्यसयता अनेकौँ चर्चा, अनुमान र व्याख्याहरू भए । नयाँ राजनीतिक शक्तिको विचार, संरचना र कार्यक्रममाथि धेरै परिचर्चा भए । अन्तत: भट्टराई स्वयंले यो बाटोमा पहिलो फरुवा चलाए । भट्टराईको एकीकृत नेकपा माओवादी परित्याग त्यसैको प्रारम्भ हुन सक्छ ।
यहीँनेर केही प्रश्नहरू आउँछन्, मुलुककै प्रभावशालीमध्येको एक पार्टी, त्यसको उच्च स्थान र शक्ति सम्बन्धलाई त्यागेर भट्टराईले के गर्न खोजेका हुन् ? कतै उनी पलायनको बाटोमा त छैनन् ? कतिपयले भट्टराईको कदमलाई भारतसँग जोडेर अथ्र्याएका छन् । के कुरा त्यस्तै हो ? जीवनका ६० वर्षहरू पार गरिसकेको, एक बौद्धिक र चलायमान नेताको यो निर्णयपछिका कदम, घटना र प्रभाव के कस्ता होलान् ?

नेपालमा पार्टी विभाजन विशेष घटना होइन । ०४६ पछि केही चर्चित पार्टी विभाजनका घटना हामी आफैँले देखेका छौँ । एमालेबाट माले, कांग्रेसबाट कांग्रेस (प्रजातान्त्रिक), एमाओवादीबाट ड्यास माओवादी निर्माण प्रमुख उदाहरण हुन् । पार्टी विभाजनपछि दलहरूमा निकै ठूलो तिक्तता हुन्छ । सुन्नै गाह्रो हुने आरोप/प्रत्यारोप, भौतिक आक्रमण पनि देखिए । सबै विभाजनहरू या त पार्टी सत्ता वा राज्य सत्तासँग जोडिए । सांसदहरू खरिदबिक्रीले हिजो निर्लज्जताको पराकाष्ठा देखियो । जगजाहेर छ, यस्ता घटनाले प्रजातन्त्रलाई नै अस्थिर र बदनाम गरायो । तर, भट्टराई फरक देखापरे । उनले एमाओवादी पार्टी र संसदीय दल भत्काएनन् । बरू आफैँले पार्टी सदस्यता त्याग गरे र सांसदबाट राजीनामा दिए ।
अनुमान गर्न सकिन्छ, उनी अर्को माओवादी पार्टी बनाउँदै छैनन् । नयाँ सुरुआत गर्न चाहन्छन् । आफू निस्कनासाथ पुरानो पार्टीलाई गाली गर्ने आमप्रवृत्तिविपरीत भट्टराईले पुरानो पार्टीलाई गाली नगर्ने प्रतिबद्धता सार्वजनिक गरे । अध्यक्ष प्रचण्डसँग निरन्तरको संवादमा देखिए । भट्टराईले आफ्ना आजसम्मका सम्पूर्ण निर्णयको स्वामित्व लिए । सशस्त्र संघर्ष, जनआन्दोलन र संविधान घोषणासम्मलाई उनले गर्वसाथ सम्झना गरे । ‘छुचो र चिसो’ भनिएका बाबुरामबाट यस्तो न्यानो शालीनता प्रदर्शन हुनु गजबको पक्ष हो ।
संविधान घोषणा हुनु साधारण घटना होइन । यो युग परिवर्तनको अवसर हो । हिजोसम्म हाम्रो मुख्य राजनीतिक अभीष्ट थियो, सामन्तवादलाई पराजित गर्नु । त्यो युग सकियो । नयाँ युगको मुख्य कार्यभारका रूपमा संविधानले समावेशी रूपमा उत्पादन वृद्धि, राष्ट्रिय पुँजीवादको विकास र समाजवाद निर्माण हो । यो अझ धेरै सुशासन, लोकतन्त्र, आधुनिक राष्ट्रवाद र सामाजिक न्यायको बाटो हो । पुराना विचार, पार्टी, नेतृत्व र संरचनाहरूले नयाँ कार्यभार पूरा गर्न सम्भव देखिँदैन । ठीक यहीँनेर नयाँ शक्तिको आवश्यकताबोध गरिएको हो ।
यो आवश्यकतालाई धेरैले स्वीकार गरे पनि सुरुआत गर्ने कसले ? आफ््नो सत्ता र स्वार्थको सिंहासन छोड्ने कसले ? जोखिम उठाउने कसले ? यहीँनेर भट्टराईले भुंग्रोमा हात हाल्ने प्रयत्न गरेका छन् । उनको हात जल्छ कि मिसन पूरा हुन्छ, प्रश्न यही हो ।
के नयाँ शक्ति बन्ला ?
पछिल्लो समय भट्टराई विभिन्न आरोपका बीचमा छन् । नेपालको परम्परागत मध्यम वर्ग उनीसँग बिच्किएको छ । पहाडी समुदाय पनि खुसी छैन । उनलाई मधेसीहरू उचालेको र भारतपरस्त भएको आरोप लागेको छ । हिजो महाकाली सन्धिपछि केपी ओली यस्तै निसानामा थिए । राजनीतिको त्यही चक्र आज भट्टराईसामु आइपुगेको छ । आज ओली पक्का राष्ट्रवादी र भट्टराई राष्ट्रघाती चित्रित छन् । वस्तुत: यो आरोप अन्धराष्ट्रवादकै नमुना हो । न हिजो ओली बिकेका थिए, न त आज भट्टराई भारतपरस्त हुन् ।
बरू पहाड र मधेसको तीव्र ध्रुवीकरण भइरहेका बेला भट्टराईले मधेससँग पहाडलाई जोड्न खोजेका छन् । यो सत्य हो, जनजाति, थारु र मधेसी जनतालाई पाखा पारेर हामी राष्ट्रिय एकता खोज्न सक्दैनौँ । मधेस, पहाड र हिमाल नजोडी समृद्ध, एकताबद्ध र सुदृढ नेपाल बन्दैन । भट्टराईले जोखिमसाथ यो तथ्यलाई स्थापित गर्न खोजेको देखिन्छ ।
नयाँ शक्ति निर्माणका लागि भट्टराईले चारवटा मोर्चा खोलेका छन् । पहिलो, थारू, मधेसी, जनजाति, दलित, अल्पसंख्यक र महिलाहरूको मोर्चा, जो संविधानले आफ्ना कतिपय माग सम्बोधन गर्न बाँकी रहेको ठान्छ । नयाँ संविधानले जे दियो, त्यो अमूल्य छ तर अझै यसलाई समृद्ध गर्नुपर्ने पक्ष राजनीतिले बिर्सन मिल्दैन । ठीक यहीँनेर भट्टराईले हात हालेको देखिन्छ ।
यस्तो लाग्छ, यो समुदायसँग मिलेर भट्टराई सामाजिक न्यायको मुद्दालाई नयाँ शक्तिको केन्द्रमा राख्न चाहन्छन् । दोस्रो कुरा, भट्टराई विकास र समृद्धिको पक्षमा रहेको अग्रगामी मध्यम वर्गसँग नजिक हुन चाहेको देखिन्छ । यो वर्ग समकालीन राजनीतिक ढर्राहरूप्रति असन्तुष्ट छ र नयाँ, उदार एवं रचनात्मक परिवर्तन देख्न चाहन्छ । वस्तुत: यही वर्गलाई रिझाउन भट्टराईले नयाँ शक्ति परम्परागत र शुद्ध माक्र्सवादी नहुने बताएका छन् ।
तेस्रो कुरा, मुलुकभर छरिएका विभिन्न विचार समूहलाई भट्टराईले नयाँ शक्तिमा जोड्न चाहेको देखिन्छ । पछिल्ला विचार र ज्ञानका स्रोतलाई भट्टराईले नयाँ शक्तिमा स्वागत गर्ने संकेत गरेका छन् । यस्तो लाग्छ, उनी प्रगतिशील रुझानका साना पार्टीहरूलाई पनि जोड्न चाहन्छन् । उनको चौथो मोर्चामा एमाओवादी छ । भविष्यमा राजनीतिक ध्रुवीकरण हँुदै जाँदा एमाओवादीबाट असरल्ल हुने कार्यकर्तालाई भट्टराई आफूसँगै राख्न चाहन्छन् ।

नयाँ शक्तिको रङ
प्रश्न स्वाभाविक आउँछ, नयाँ शक्ति कस्तो होला ? यो कम्युनिस्टजस्तो हुन्छ कि कांग्रेसजस्तो ? कि लोकतन्त्र र समाजवादको प्रचलित मोडेलभन्दा भिन्न आउला ? यी प्रश्नहरूमा भट्टराईका पछिल्ला विचार सार्वजनिक छैनन् । तर, उनी उदार हुन चाहेको संकेत गर्दै छन् । अब माक्र्सवादी वा बुर्जुवा प्रजातन्त्रवादी चाहिएको छैन ।
नेपालमा वामपन्थी चरित्रको तर लोकतान्त्रिक र समाजवादी पार्टी आवश्यक देखिन्छ । धेरै अर्थमा नयाँ शक्तिले सहभागितामूलक लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समाजवादको रचनात्मक प्रस्ताव गर्नुपर्छ । अहंबाट मुक्त, विकास र समृद्धिका लागि समर्पित, अन्तरपार्टी लोकतन्त्रमा प्रतिबद्ध, मान्छेको निजत्वलाई सम्मान गर्ने पूर्ण मानवतावादी पार्टी नै नेपालको पछिल्लो आवश्यकता हो । यसरी हेर्दा नयाँ शक्ति एक राजनीतिक अभियान हो । पक्कै भट्टराईले यो कुरा विचार गर्नेछन् । अन्यथा धेरै पार्टीहरूको बीचमा उस्तै अर्को पार्टी बनाउनुको अर्थ छैन ।
बुझेकै कुरा हो, यो युग परम्परागत समाजवादको युग रहेन । अबको युगमा सर्वहारा अधिनायकत्व स्थापित गर्न सम्भव पनि छैन । किनभने, मान्छेलाई उत्पादनको साधन मात्र ठान्ने जमाना गयो । यो यथार्थलाई हिजो न त सोभियत संघमा बुझियो, न त पूर्वी युरोपमा । हिजो ठूला कुरा गर्दा मसिना कुराहरू छुट्दै गए । समाजवादी राज्यसत्ताले शक्तिको केन्द्रीकरण गर्यो । परिणामत: समानताका नाममा नयाँ वर्ग निर्माण, राज्य विलोपका नाममा राज्यको सवलीकरण र जनवादका नाममा पार्टी तानाशाही लादियो । वैज्ञानिक भनिएको समाजवाद वैज्ञानिक रहेन, यान्त्रिक देखियो । त्यसैले यो मोडेलको वैचारिक प्रस्तावबाट नयाँ शक्ति बन्दैन ।
अर्कोतिर बुर्जुवा प्रजातन्त्रले पनि पुग्ने देखिँदैन । बुर्जुवा संसद्वाद विवादमुक्त छैन । यता बुर्जुवा प्रजातन्त्रमा समाजवादको लेपन गर्दैमा नयाँ शक्ति बन्दैन । यस्तो विचार राख्नेहरू या त बुजुर्वा लोकतन्त्रप्रति लहसिन्छन् अथवा पुरातन समाजवादी बन्छन् । मान्छेका सपना र आकांक्षाहरू कुण्ठित गर्ने दाहिने वा देब्रे दुवै तरिकाबाट नयाँ शक्ति बन्दैन । नयाँ शक्ति न त रातो हुन्छ, न फुस्रो । बरू यो जीवनजस्तै हरियो हुनुपर्छ । ठीक यहीँनेर भट्टराईले सही निर्णय गर्नुपर्नेछ । के भट्टराई आफ्ना आजसम्मका ज्ञान, चिन्तन पद्धति र प्रवाहको विकल्प खोज्न सक्षम होलान् ? अन्यथा नयाँ शक्ति अधकल्चो नै रहनेछ ।

नयाँ शक्तिको संरचना
जीवनको अधिकतम् समय भट्टराईले केन्द्रीयतालाई हुर्काए । आशंका छ, उनी कसरी जनवादको नियमनमा आउलान् ? निश्चय नै यस प्रश्नको जवाफ भट्टराईले व्यवहारबाटै दिनुपर्नेछ । आजसम्म नेपालमा अभ्यास गरिएको पार्टी सञ्चालन पद्धति या त अराजकतामा आधारित छ, या केन्द्रीयतामा आधारित । नयाँ शक्तिले संगठनको यस्तो परम्परागत मोडेललाई फेर्नुपर्छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्तले भन्छ, ‘जनवादी केन्द्रीयता, अल्पमत बहुमतको मातहत, व्यक्ति कमिटीको मातहत, तल्ला कमिटी माथिल्ला कमिटीको मातहत हुनुपर्छ ।’ नेतृत्वको केन्द्रीकरण र वैचारिक नेतृत्व लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारहरू हुन् । तर, यो सिद्धान्तमाथि धेरै प्रश्न जोडिन्छन् । व्यक्ति कमिटीको मातहत, तल्ला कमिटी माथिल्ला कमिटीको मातहत किन बस्ने ? नेताहरू र माथिल्लो कमिटी तानाशाह बन्ने खतरालाई यो सिद्धान्तले कसरी नियन्त्रण गर्छ ? तल्ला कमिटीलाई नियन्त्रण गर्ने तर माथिल्ला कमिटीलाई छाडा बनाउने कस्तो लोकतन्त्र हो ?
निश्चय नै पार्टीमा अनुशासन चाहिन्छ । तर, अनुशासन कार्यकर्ताका लागि मात्र हुन्छ कि नेताले पनि मान्नुपर्छ ? नयाँ शक्तिले यस्ता प्रश्नलाई हल गर्नुपर्ला । एक व्यक्ति, एक पद, दुई कार्यकाल, संगठनात्मक जवाफदेहिता र सामूहिक पद्धति संगठन सञ्चालनका महत्त्वपूर्ण आधार हुन् । पार्टीका आन्तरिक निर्वाचनमा अस्वीकार गर्ने र फिर्ता बोलाउने अधिकार अवलम्बन गर्न सकिन्छ । पारदर्शिता र सिर्जनशीलता आजका आवश्यकता हुन् । अन्यथा, नाम नयाँ र शैली पुरानै हुनेछ ।

कार्यक्रमहरूको पुन:गठन
प्रश्न उही छ, किन ००७, ०३६, ०४६, ०५१ र ०६२ का आन्दोलनहरू आर्थिक तथा सामाजिक परिवर्तनमा असफल रहे ? सीधा जवाफ छ कि हाम्रा राजनीतिक कार्यक्रमहरू रचनात्मक र परिवर्तनमुखी छैनन् । यसर्थ नै विकास र समृद्धिका कार्यक्रमहरूको पुन:गठन आवश्यक छ । हामीलाई नारा होइन, परिणाम चाहिएको छ, जसले जनतामा देशप्रति माया, राज्यप्रति आशा र राजनीतिप्रति विश्वास बढोस् । यसका लागि थोत्रा राजनीतिक नारा र कार्यक्रम फेर्नुपर्छ । उत्पादन वृद्धि, पूँजीको विकास, न्यायपूर्ण वितरण र समाजवाद हाम्रा लक्ष्य हुन् । के नयाँ शक्तिले यो अभिभारा उठाउला ? यसको सीधा जवाफ आवश्यक छ ।
नयाँ शक्ति राजनीतिक अभियान बन्नुपर्छ । यो सामूहिक मिसन हुनुपर्छ । निश्चय नै यसको प्रस्ताव भट्टराईले गरेका हुन् तर यसको समृद्धि एक व्यक्तिबाट मात्र सम्भव छैन । यसका लागि असल, सिर्जनशील र परिवर्तनमुखी मान्छेहरूको विशाल पंक्ति चाहिन्छ । के त्यस्तो व्यापक अर्थबाट भट्टराईले यो अभियानलाई अगाडि बढाउलान् ? कि फेरि पनि सिद्धान्त र व्यवहारको संकुचनमा फस्लान् ? भट्टराईले उनीमाथि लागेका अनेकौँ आशंकाहरूको समयमै जवाफ दिनु आवश्यक छ ।