पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी र्सार्वजनिक भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ । झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ । नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०।३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो । पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो । त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो । यो क्षुद्रग्रहको परिक्रमण दर २।१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ । – एजेन्सि
Home
»
बिदेशी समचार
»
यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी (भिडियो सहित
यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी (भिडियो सहित
Labels:
बिदेशी समचार
Popular Posts
-
शहित स्मृती जागृति युब क्लब ठुलोसिरुवारी ३ मा पहिले चोटी चर्चित कालाकार हरु बाट दिपावली सांगीतिक धमाक़ा गरिने भएको छ
-
प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलन...
-
जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेव...