ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » अङ्ग्रेजी विषयमा एमए गर्दै विशिष्टता हासिल गरेका कृषिपेसामा

अङ्ग्रेजी विषयमा एमए गर्दै विशिष्टता हासिल गरेका कृषिपेसामा

खगेन्द्र दाहाल
ताजा खबर , कोहलपुर  १३ पुस
चार विगाह १२ कठ्ठा जति अरुकै जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्न थालेका  कोहलपुर नगरपालिका वडा नम्बर ४ चप्परगौडीका सुनिल कुमार ढकालले जिल्लामै छुट्टै पहिचान बनाएका छन । २०७१ साल मङ्सिर पहिलो साता बाट व्यवसायिक तरकारी खेती गर्न शुरु गरेका ढकाल आफै पनि  शिक्षित युवा हुन । पहिले उनले थोरै खेती गर्दै गर्दा अहिले यसलाई व्यवसायिकता दिएका हुन । पढेलेखेकाहरु यो पेशामा लागेको कमै देखेका ढकालले आफुले कृषि पेशामा लाग्दा राम्रो गर्न सक्ने भएपछि यस तर्फ लागेको  बताए । उनिले अङ्ग्रेजी विषयमा एमए गर्दै विशिष्टता हासिल गरिसकेका छन ।
sunil 2
ढकालको परिवारमा उनि  मात्र नभएर उनको श्रीमतीले  पनि एमएसम्म शिक्षा हासिल गरीसक्नु भएको छ । उनले व्यवसायिक रुपमा खेती किसानी शुरु नगर्दा सम्म ४ बर्ष क्याम्पसमा पनि पढाए । कृषक ढकालसग एनजिओमा काम गरेको अनुभब पनि छ । उनलाइ पढाएर र एनजिओमा काम गरेर सन्तुष्टि प्राप्त नभएपछि कृषितर्फ लागेको बताए ।आफूले लिएको जग्गाको बार्षिक भाडा १ लाख २५ हजार तिर्ने गरेको ढकालको भनाई छ । केही जमिनमा  बार्षिक तीन सिजनसम्म तरकारी खेती गर्दै आएको बताउने ढकाल कतै भने हिउँदे सिजनमा मात्र खेती हुने गर्ने गरेको बताए । व्यवसायिक तरकारी खेतीबाट सन्तुष्ट भएको बताउँदै उनले नजिकै कोहलपुरमा रहेको हाट बजार, किराना पसलहरुमा तरकारी सजिलै पु¥याउँदै आएका छन ।
तरकारीको विरुवालाई माया ग¥यो भने फाइदा पुग्ने ढकालको भनाई छ । व्यवसायिक तरकारी खेती शुरु गरेको एक वर्ष पुरा भएकोले तरकारीकै केही आम्दानी र अन्य जोरजामबाट नजिकै ८ कठ्ठा जमिन खरिद समेत गरेको उनले बताए । तरकारीको आम्दानीबाटै उहाँले बैज्ञानिक औजार समेत खरिद गरेका छन । तीन सिजनसम्म तरकारी खेती गर्ने ढकाल प्रत्येक सिजनमा दैनिक ३ क्विन्टल बढि सम्म तरकारी विक्री गर्ने गरेको बताउछन । तरकारी विक्री गर्दा ५ हजार देखि छ हजार सम्म दिनहुँ आम्दानी हुने गरेको कृषक सुनिल ढकालले बताए । उनले तरकारी खेती गर्दा दिनहँु ४ जना बढिलाई रोजगारी समेत दिने गरेका छन । उनले काउली , मुला , आलु , टमाटर , खुर्सानि , लौका, काक्रा  जस्ता मौसमी बेमौसमि तरकारी खेति गरेका सुनिलले बन्दा मात्रै  ८० हजार बोट रोपेका छन ।
करेला ५ कट्ठा , प्याज १० कट्ठा , १ विगाहा क्षेत्रफलमा आलु खेति गरीरहेका छन् ।  अन्य तरकारी सगै सुनिलले च्याउ खेति तर्फ पनि आप्नो अग्रसरता देखाएका छन उनले सुरुमै १२ सय पोका उन्नत च्याउ लागाएका छन । जागिर भनेको गुजारा गर्ने मेसो भएकाले अबका युवालाई न्यून लगानीमा कृषिमा प्रगति गर्न सकिने हुदाँ  यसतर्फ लाग्न ढकालले  अनुरोध गरे ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%9c%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a4%8f-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/#sthash.Fn1Tex7M.dpuf
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview