एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तनहुँ, आँबुखैरिनीको श्री मित्रता उच्च माविमा पुग्दा हेर्नेलाई नै अप्ठेरो हुने गरी गलाभरी माला लगाइएको थियो।
केही दिनपछि प्रचण्ड त्यहाँ पुगेको भए यस्तो दृश्य देख्नुपर्ने थिएन। किनभने शिक्षा विभागले चैत १० गते निर्णय गरी स्कूलका कार्यक्रमहरुमा गर्न नपाइने १६ कामको सूची नै निकालेको छ।
सरकारी स्कुलको वार्षिक उत्सव वा यस्तै कार्यक्रमहरु कस्ता हुन्छन्? गलाभरी माला र अबिर लगाएका कोही विशिष्ट व्यक्ति प्रमुख अतिथिको आसनमा हुन्छन्। मञ्चभरी खादा वा माला लगाएका अतिथिहरु। कहिलेकाँही त दर्शकदीर्घामा भन्दा बढी अतिथि।
कार्यक्रमको अन्तिमसम्म चलिरहने अतिथि आसन ग्रहण। कार्यक्रममा लामा लामा भाषण र केही भाषणहरुको बीचमा फिल्मी र पप गीतमा बालबालिकाका नाचगान। अतिथिहरु भन्दा आफै लामो लामो भाषण गर्ने र वक्ताहरुको बयान गर्ने कार्यक्रम सञ्चालक।
यस्तै प्रचलनले विद्यालयका कार्यक्रमहरु निकै भद्दा र पट्यारलाग्दा पनि हुन्छन्। सायद यसै कारणले होला सरकारले यस्ता कार्यक्रमलाई व्यवस्थित गर्न नयाँ नियम बनाएको छ। शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले जिल्ला तथा विद्यालयस्तरमा सञ्चालन गर्ने औपचारिक कार्यक्रम व्यवस्थित बनाउन १६ बुँदे नियम नै सर्कुलर गरेको छ।
त्यस्तै प्रमुख अतिथि नआइपुगेपनि कार्यक्रम तोकिएको समयमा गर्नुपर्नेछ, बरु उद्घाटन भने प्रमुख अतिथि आएपछि गराउने निर्णयमा जनाइएको छ। कार्यक्रम सञ्चालकले भाषण गर्ने, वक्ताले बोलेका कुराको ब्याख्या र संक्षेपीकरण गर्न पनि पाउनेछैनन्। त्यस्तै स्वागत मन्तव्य दिनेले बाहेक अरु वक्ताले संबोधन पनि गर्नुपर्ने छैन।
कार्यक्रमहरुमा प्रमुख अतिथि र विशेष अतिथिको गरी दुई थरी मात्र ब्याच बनाउनुपर्नेछ। ब्याच वितरण गर्दा महिला अतिथिलाई छात्राले र पुरुष अतिथिलाई छात्रले हातमा दिनुपर्नेछ।
अतिथिको स्वागतका लागि पञ्चकन्या प्रयोग गर्न पनि नपाइने भएको छ। त्यस्तै बालबालिकाहरुलाई कार्यक्रम स्थल जाने बाटोदेखि नै लाइन राखेर ताली बजाउने र फूलमाला दिने गराउन पनि नपाइने भएको छ। निर्णयमा भनिएको छ 'प्रमुख अतिथि तथा अतिथिका स्वागतका लागि पञ्चकन्या प्रयोग नगर्ने, बालबालिकालाई कार्यक्रमस्थल जाने बाटोदेखि नै ताली बजाउने र फूलमाला दिने काममा नलगाउने।'
प्रमुख अतिथिको स्वागतका लागि धेरै माला लगाइदिन पनि नपाइने भएको छ। त्यसको सट्टा गाउँमा नै पाइने फूलको गुच्छा दिनुपर्नेछ। खादा प्रयोगमा पनि बन्देज लगाइएको छ। सांस्कृतिक कारणले खादा प्रयोग गर्नुपरेमा त्यसमा प्रयोग भएको भाषा सबैले बुझ्ने हुनुपर्नेछ। प्रमुख अतिथि,विशेष अतिथि चाँडै जानुपर्ने भएमा उनीहरुको बिदाई गर्न लाइन लाग्न नपाइने पनि उल्लेख गरिएको छ।
विभागले विद्यालयको वार्षिक कार्यक्रम दुई चरणमा गर्न आग्रह गरेको छ। विद्यालयको प्रगति विवरण, आयव्य विवरण, शुभकामना मन्तब्य,पुरस्कार वितरण,सम्मान जस्ता कार्यक्रम २ घण्टाभित्र सक्नुपर्नेछ।
प्राज्ञिक कार्यक्रम सकिएपछि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने सांस्कृतिक कार्यक्रम गर्नुपर्नेछ। यसमा देशको मौलिक संस्कृति झल्किने नाचगान, बालगीत, लोकगीत, राष्ट्रिय गीतमा मात्रनाचगान गर्न पाइनेछ। उत्ताउलो फिल्मी गीत, पप गीतमा नचाउन पनि नपाइने उल्लेख गरिएको छ।
बिभागको चैत १० गतेको बैठकले आसन ग्रहण र बसाइ ब्यवस्थापन गर्ने, कार्यक्रम सञ्चालन, अतिथिको स्वागत र बिदाइ गर्ने तरिका सहितको सुझाव क्षेत्रीय शिक्षा निर्देशनालय मार्फत जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुमा पठाएको हो। - See more at: http://www.pahilopost.com/content/-14499.html#sthash.GV43QltY.dpuf
केही दिनपछि प्रचण्ड त्यहाँ पुगेको भए यस्तो दृश्य देख्नुपर्ने थिएन। किनभने शिक्षा विभागले चैत १० गते निर्णय गरी स्कूलका कार्यक्रमहरुमा गर्न नपाइने १६ कामको सूची नै निकालेको छ।
सरकारी स्कुलको वार्षिक उत्सव वा यस्तै कार्यक्रमहरु कस्ता हुन्छन्? गलाभरी माला र अबिर लगाएका कोही विशिष्ट व्यक्ति प्रमुख अतिथिको आसनमा हुन्छन्। मञ्चभरी खादा वा माला लगाएका अतिथिहरु। कहिलेकाँही त दर्शकदीर्घामा भन्दा बढी अतिथि।
कार्यक्रमको अन्तिमसम्म चलिरहने अतिथि आसन ग्रहण। कार्यक्रममा लामा लामा भाषण र केही भाषणहरुको बीचमा फिल्मी र पप गीतमा बालबालिकाका नाचगान। अतिथिहरु भन्दा आफै लामो लामो भाषण गर्ने र वक्ताहरुको बयान गर्ने कार्यक्रम सञ्चालक।
यस्तै प्रचलनले विद्यालयका कार्यक्रमहरु निकै भद्दा र पट्यारलाग्दा पनि हुन्छन्। सायद यसै कारणले होला सरकारले यस्ता कार्यक्रमलाई व्यवस्थित गर्न नयाँ नियम बनाएको छ। शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले जिल्ला तथा विद्यालयस्तरमा सञ्चालन गर्ने औपचारिक कार्यक्रम व्यवस्थित बनाउन १६ बुँदे नियम नै सर्कुलर गरेको छ।
के-के गर्न पाइन्न?
विभागको सर्कुलर अनुसार मञ्चमा अति कम मानिस मात्र बस्ने ब्यवस्था मिलाउनुपर्नेछ र को कहाँ बस्ने पहिले नै निर्धारण गर्नुपर्नेछ। अतिथिहरु कार्यक्रम सुरु नहुँदै मञ्चमा पुगिसक्नुपर्नेछ र उनीहरुलाई एकमुष्ट आसन ग्रहण गराउनुपर्नेछ। विभागको निर्णयमा भनिएको छ – 'कार्यक्रम सुरु भएपछि अविरल आसनग्रहण नगराउने, हाम्रो आसनग्रहणको क्रम यसपछि पनि जारी रहनेछ भन्दै कार्यक्रमको समापन चरणसम्म आसनग्रहण नगराउने।'त्यस्तै प्रमुख अतिथि नआइपुगेपनि कार्यक्रम तोकिएको समयमा गर्नुपर्नेछ, बरु उद्घाटन भने प्रमुख अतिथि आएपछि गराउने निर्णयमा जनाइएको छ। कार्यक्रम सञ्चालकले भाषण गर्ने, वक्ताले बोलेका कुराको ब्याख्या र संक्षेपीकरण गर्न पनि पाउनेछैनन्। त्यस्तै स्वागत मन्तव्य दिनेले बाहेक अरु वक्ताले संबोधन पनि गर्नुपर्ने छैन।