रेमिट्यान्सले धानेको मुलुक नेपालका कति युवाहरु विदेश होलान् ? अनुमान सहज छ लाखौको संख्यामा । तिनीहरुले विदेशमा रहदा पाएका पीडा र समस्याहरु के होलान् ? विदेशिन लाग्दै गरेका युवाहरुको पिडादायीे कथाहरु अरु भिन्न छन् । अनेक समस्याहरु । एजेन्ट या मेनपावर कम्पनीको मीठा प्रलोभनमा परेर ठगिएका सर्वसाधारणहरुको कथा ? तर ती सबैलाई सम्वोधन गर्न नेपाल प्रहरीले ११७७ नम्वरको हटलाइन सेवाको शुरुवात गरेको छ । डायल गर्नुहोस् तपाइका कु्नै पनि समस्यालाई सम्वोधन गर्न अपराध महाशाखा तयार छ ।
महाशाखाका परिसरमा एक पीडित महाशाखा प्रमूूख सर्वेन्द्र खनालसँग आफना पीडा पोखिरहेका छन् । आफनो गुमेको रकम सहजै फिर्ता पाउने उपायहरुवारे भलाकुसारी गरिरहेका छन् । यिनी अफगानिस्तान जान चाहन्थे तर दलालको चंगुलमा परेका यिनलाई एक महिनासम्म दिल्लीमा थुनिए । चार पाँच लाख गुमाएका यिनी प्रहरीको सहयोगको अपेक्षा सहित यहाँ आइपुगेका हुन् ।
वैदेशिक रोजगारमा ठगीने क्रम बढ्दै गए पछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेको हो । वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि यो सेवा २४ सै घन्टा संचालनमा ल्याइएको महाशाखा प्रमूख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । ठगहरुको सञ्जाल बढदै गएको तर कामदारको रकमको साथसाथै जीउधनकै सुरक्षा नहुने भएकोले त्यसलाई रोक्न सेवा शुरु गरिएको उहाँको भनाई छ ।