चितवन, प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको सर्वाेच्चतालाई कायम राख्दै चुस्त काम गर्न मातहतका सुरक्षा निकाय तथा कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
चितवनमा आज निर्माण व्यवसायीहरूको १८ औँ केन्द्रीय साधारणसभामा सहभागी हुन आउनुभएको उहाँले जिल्ला र क्षेत्रका सुरक्षा निकाय एवम् प्रशासन प्रमुखलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिनुभएको हो ।
सुरक्षा निकायसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सुरक्षा व्यवस्था सुदृढ पार्न हरतरहले लाग्न र जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन निर्देशन दिनुभएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
सो क्रममा प्रधानमन्त्री ओलीले आपराधिक क्रियाकलाप र बन्द हड्ताललगायत क्रियाकलाप हुन नदिनसमेत सुरक्षा निकायहरूलाई आग्रह गर्नुभयो । रासस