प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो तेस्रो भ्रमण खाडीहरुमा गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि भारत र चीनको औपचारिक भ्रमण सकेपछि उनले अब अरब देशको भ्रमण गर्ने भएका हुन ।
नेपाल र नेपालीको भावनाको कदर गर्दै राष्ट्रबादी नेताको छबि बनाएका ओलीले खाडी देशमा श्रम गरीरहेका नेपालीहरुलाई भेट्ने र त्यहाँका सरकार प्रमुखहरुलाई भेटेर नेपालीको सम्मान गर्न र राम्रो तलब सुबिधा दिन आह्वान गर्ने भएका छन् ।
अहिले लगभग ३० लाख नेपाली युवाहरू खाडीमा श्रम गरीरहेका छन् । देशमा बेरोजगारी र गरीबीले च्यापेपछी बिदेशीयका नेपाली संग बसेर उनले अन्तरक्रिया तथा नेपालको बिकास कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालले सुनौलो नेपाललाई बताए ।
आफ्नै देशका प्रधानमन्त्रीले बिदेशमै आएर आफुहरुलाई भेट्ने खबरले युएईका चोक चोकमा नेपालीहरु भेला भएर गफिन थालेका छन् । भनेर समाचार लेख्ने दिन कहिले आउला । तपाईंले मजा संग आजको अप्रिलफुल सुनौलो नेपाल डट कम संग पनि मनाउनु भयो महत्त्वपूर्ण समय दिएर पढ्नु भएकोमा धन्यवाद ।