ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » कस्तो संयोग: २०७३ सालमा तीन दसैँ

कस्तो संयोग: २०७३ सालमा तीन दसैँ

Image Title
काठमाडौँ, १९ चैत, हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन् । आउँदो २०७३ सालमा बडादसैँ असोज २५ मा परेको छ । यस्तै २०७२ सालको चैतेदसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैतेदसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनवटा दसैँ मनाउन पाउने भएका हुन् ।

तीनवटा दसैँसहितको नयाँ वर्षको पात्रो सरकारले बिहीबार नेपाल राजपत्रमा सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदाका दिनसमेत केही दिनअघि स्वीकृत गरेपछि बिहीबार दसैँसहित महत्वपूर्ण चाडपर्वको सूची प्रकाशित भएको हो ।

त्यस्तै राजपत्रमा जनाइअनुसार रामनवमी आगामी वैशाख ३, महावीर जयन्ती वैशाख ७, मातातीर्थ औँसी वैशाख, २४, अक्षय तृतीया वैशाख २७, बुद्ध जयन्ती, जेठ ८, गुरुपूर्णिमा साउन ४, नागपञ्चमी  साउन २३, जनैपूर्णिमा भदौ २, कुसेऔँसी भदौ १६, ईन्द्रजात्रा भदौ ३०, हरितालिका तिज भदौ १९, ऋषिपञ्चमी– भदौ २१, घटस्थापना असोज १५, महाअष्टमी असोज २३, महानवमी असोज २४, विजयादशमी असोज २५ र  कोजाग्रत पूर्णिमा असोज २९ मा परेका छन् ।

त्यस्तै कागतिहार कात्तिक १२, भाइटीका कात्तिक १६, छठ पर्व  कात्तिक २१, बालाचतुर्दशी मङ्सिर १३, धान्यपूर्णिमा मङ्सिर २८, विवाह पञ्चमी मङ्सिर १९, शिवरात्रि फागुन १३, फागुपूर्णिमा फागुन २९ र ३०, घोडे जात्रा चैत १४ र रामनवमी चैत २३ गते गरेका छन् ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview