ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » विनाशकारी भूकम्पको बर्ष दिन वित्न लाग्दापनि पुनर्निमाणको काम अपेक्षाकृतरुपमा अघि बढ्न सकेन

विनाशकारी भूकम्पको बर्ष दिन वित्न लाग्दापनि पुनर्निमाणको काम अपेक्षाकृतरुपमा अघि बढ्न सकेन

विनाशकारी भूकम्प गएको एक बर्ष पुग्नै लाग्दासम्म पनि पुर्नर्र्निमाणको काम अपेक्षाकृत रुपले अघि बढ्न सकिरहेको छैन । विभिन्न राजनीतिक दलहरुको दलगत स्वार्थका कारण प्राधिकरणले तीब्रताका साथ काम गर्न सकिरहेको छैन । प्राधिकरणको प्रमुख कार्यकारी नियुक्तिदेखि अन्य कर्मचारी भर्नामा सवै राजनीतिक दलहरु आफ्नै स्वार्थमा रुमल्लिदा वास्तविक भुकम्प पीडितले राहतको महसुस समेत गर्न पाइरहेका छैनन् । यता प्राधिकरणले भने पुनर्निर्माण तीव्रताका साथ अगाडि वढिरहेको जिकिर गरेको छ ।
ljrNnL  –  lrtjgsf] ljs6 l;4L uflj;sf] demjfªdf 3/ elTsPkl5 aRrf af]s]/ 6f]nfpFb} u/]sL lbndfofF r]kfª / pgsf kl/jf/ . r]kfª ufpFdf e'sDksf sf/0f @ hgfsf] Hofg uPsf] 5 eg] clwsfFz 3/x?df IftL k'u]sf] 5 . /f;; 
Gff/fo0f 9'+ufgf , /Tggu/ lrtjg
२०७२ पुस ११ अर्थात विनाशकारी भूकम्पको झन्डै आठ महिनापछि पुनर्निर्माण प्राधिकरणले कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई पायो । यही पदको लागि ठूला राजनीतिक दलहरु पुनर्निर्माण र राहतको काममा भन्दा पनि पदकै लुछातानीमा व्यस्त देखिए । प्राधिकरणले पूर्णता पाएसँगै अव पुनर्निर्माणको काम तीव्र गतिमा अगाडि वढने आम जनताले अपेक्षा गरे पनि पीडितले भने यस्को महसुस अझै गर्न सकिरहेका छैनन् । पुनर्निर्माण प्राधिकरण भने विनाशकारी भूकम्पको एक बर्ष हुनै लाग्दा नीतिगत, कार्यगत र संरचनागत कामले तीव्रता पाइरहेको जनाएको छ । अव एकमहिना भित्रै सवै प्राविधिकहरुलाई प्रभावित क्षेत्रमा पठाइसक्ने समेत प्राधिकरणको योजना रहेको छ । यो वर्ष सकिनै लाग्दा बैङिक भुक्तानीमार्फत प्रभावित क्षेत्रका वासिन्दालाई अनुदानको व्यवस्था, विभिन्न नीतिगत कामहरु, प्राधिकरणका विभिन्न शाखामा कर्मचारी नियुक्ति लगायतका उपलव्धिमुलक काम भएको प्राधिकरणको दावी छ ।
प्राधिकरणमा अहिलेसम्म ६५ अर्व रुपयाँ प्राप्त भइसकेको र त्यसमा ३३ अर्व घर निर्माण साथै ३२ अर्व विकास निर्माणको कामको लागि विनियोजन भएको प्राधिकरणले जनकारी दिएको छ । यद्धपि काम गर्नका लागि प्राधिकरणका लागि बजेट अभाव भने नरहेको पनि प्राधिकरणले प्रष्ट पारेको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview