ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » आज घोडेजात्रा पर्व मनाइँदै ,टुडिखेलमा अश्वकला प्रदर्शन गरिदै

आज घोडेजात्रा पर्व मनाइँदै ,टुडिखेलमा अश्वकला प्रदर्शन गरिदै

आज काठमाडौ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ । यस अवसरमा काठमाडौको टुडिखेलमा आयोजना गरिने घोडेजात्रा राष्ट्रपति र प्रधानमन्त्रीबाट अवलोकन गर्ने परम्परा छ ।
हरेक वर्ष चैत्र कृष्णऔसी तिथिमा नेपाली सेनाको रिसल्लाले रेवन्तपीठमा पूजाआजा गरेपछि घोडेजात्रा शुरु गरिन्छ । घोडेजात्राको क्रममा नेपाली सेनाबाट विभिन्न अश्वकला प्रदर्शन गर्नुृका साथै सेना र  प्रहरीबाट ब्याण्डबाजाका साथमा खेलकुदका विविधकौशल देखाउने गरिन्छ । जात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगाएत उच्चपदस्थ अधिकारीका साथै विदेशी कूटनीतिक नियोगका अधिकारीसमेत उपस्थित हुने प्रचलन छ.।
ghode-jatra (1)
नेपाली सेनाको क्षमता , युद्धकला र घोडचडी कौशल प्रदर्शन गरी विश्वमा परिचय दिने उद्देश्यले घोडेजात्राको आरम्भ गरिएको इतिहासकार बताउँछन् । साथै यो जात्रा स्थानीय भद्रकाली मन्दिरमा झण्डोत्तलन गर्न जाँदा घोडा चढेर जाने विगतको परम्परामा आधारित रहेको पनि बताइन्छ । शहरका बालबालिकालाई दुख दिने तुण्डी  राक्षस परास्त गर्न टुडिखेलमा घोडादौड गर्न थालिएको पनि किंवदन्ती छ । यसै गरी घोडेजात्राका दिन पाटनमा पनि एउटा घोडा कुदाउने चलन छ । घोडेजात्राका दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview