ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन

नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन

 जर्मनी प्रोफेसर तथा विश्वका चर्चित भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो ६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको निधन भएको छ ।
हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट विद्यार्थीहरु लिएर नेपाल आएका थिए । भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ उनको निधन भयो । उनीसँगै उनका केही विद्यार्थीहरुको पनि निधन भयो ।
प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य एशियाको हिमालय क्षेत्रमा लगातार ३० वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको मर्स्याङ्दी। सेतीलगायतका नदी र त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो अनुसन्धान गरेका थिए ।
एशियाको हिमाली क्षेत्र र यहाँका हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन पुग्यो ।
उनले गरेको अध्ययन र अनुसन्धानले नेपालको हिमाली क्षत्रेमा आइपर्ने विपत्तिबारे अध्ययन गर्न हामीलाई महत्वपूर्ण सन्दर्भ सामाग्री दिएको प्राध्यापक कुलप्रसाद लिम्बु बताउँछन् ।
‘मैले गत साल जर्मनीमा आयोजित एक कार्यक्रममा कुहलेसँग भेटेको थिएँ, लिम्बुले अनलाइखबरसँग भने- ‘त्यहाँ उनले नेपालको हिमाली क्षेत्रमा कसरी वातावरणीय परिवर्तन भइरहेको छ भन्नेबारे व्यास्था गरेका थिए । वास्तवमा उनी हिमनदीको भू-आकृति सम्बन्धी वैज्ञानिक हुन् । श्रोत अनलाइन खबर
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview