ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » चामलको बोरा देखाएर बाइबल बाँड्ने लखेटिए

चामलको बोरा देखाएर बाइबल बाँड्ने लखेटिए

काठमाडौं । भूकम्पको बिनाश र विपत्ति झेलिरहेका गाउँ बस्तीमा क्रिश्चियन धर्म प्रचारकहरुले बाइबल भिडाउँदै धर्म परिवर्तन गर्नेलाई एक बोरा चामलको प्रलोभन देखाएका छन् । क्रिश्चियन धर्मका पादरीले चर्चभित्र ढोका थुनेर कपनको साततले लगायतका ठाउँमा निर्दोष सर्वसाधारणलाई मृत्युको मुखमा धकेलेको आरोप लागिरहेको बेला गाउँ गाउँमा बाइबल बोकेर धर्म प्रचारक हिँडेका छन् ।
क्रिश्चियन धर्म अँगालेमा एक बोरा चामल, एक कार्टुन चाउचाउ दिने प्रलोभन समेत ठाउँ ठाउँमा दिइएका समाचार आएका छन् । रामेछाप र दोलखाका कतिपय गाउँबाट धर्म प्रचारकलाई लखेटिएको छ । जनता विपत्तिमा परेका बेला पश्चिमाहरुले विपत्तिलाई बाइबल बाँड्ने अवसरका रुपमा प्रयोग गरेका छन् ।
कपनको साततलेमा पादरीले ढोका नथुनेको भए केही मान्छे बाँच्ने थिए । तर हामी प्रभुका भक्तलाई केही हुँदैन, सैतानलाई मात्र भूकम्पले मार्छ भन्दै कृष्ण नाम गरेका पादरी ढोका थुनेर भागेको घर लडेर पनि बाँचन सफल नन्दिनी कामीले बताइन् । कपनको सात तलेमा रहेको चर्चमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । साततले फेदैबाट ढलेको थियो ।
अन्यत्र पनि क्रिश्चियन धर्म प्रचारकहरुले विपत्तिको बेला जनतालाई थप पीडा दिने ढंगले धर्म प्रचार गरेपछि सरकारले समेत धर्म प्रचारका काम बन्द गर्न सूचित गरेको थियो । यही मौकामा घरबार बिहीन भएकाहरुलाई प्रलोभनमा पारेर क्रिश्चियन बनाउन पश्चिमा र केही कोरियनहरु नेपाल आएका छन् । उनीहरुले रामेछापमा स्वास्थ्य शिविरका नाममा धर्म प्रचार गरेपछि स्थानीयले लखेटेका थिए । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधी उपचारका नाममा स्वर्ग खुला छ भन्दै बाइबल हातमा थमाइदिए पछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको थियो ।
गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेर स्वास्थ्य शिविरमा औषधि होइन इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्वास्थ्य शिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गरिएको स्वर्ग खुला छ भन्ने ब्रोसर भिडाइएको थियो । सो ब्रोसर बाँड्नका लागि ठूला संस्थामा स्वयम्सेवीहरु समेत सो संस्थाले परिचालन गरेको थियो ।
त्यसमा सबैको रक्षा जिसस क्राइष्टले मात्र गर्न सक्ने सन्देश दिइएको सहभागीहरुले बताए । सबै खालका रोगको उपचार गरिने भनी प्रचार गरिएको सो शिविरमा जाँच गराउन जाने सबै बिरामीहरुलाई भिटाभिन बीका क्याप्सुलहरु दिइएको थियो । घण्टौं लाइन लागेर उपचार गराउन गएका बिरामीहरुको सामान्य प्राथमिक उपचार पनि नभए पछि उपचार गराउन जाने समेत आक्रोसित भएका थिए ।
उनीहरुले विपद्को बेलामा सहयोग गर्ने भनेर धर्म प्रचार गरिएको भन्दै आपत्ति जनाएपछि तामाकोशी सेवा समितिले शिविर स्थगन गर्न दबाब दिएको थियो । क्रिश्चियन धर्म प्रचारकहरु अहिले रामेछापका गाउँगाउँमा बाइबल र धर्म प्रचारका अन्य सामाग्री बोकेर सैतानले गर्दा भूकम्प आएको भन्दै सबैले इशाई धर्म अँगाल्ने हो भने विपत्ति नआउने भन्दै हिँडेको शिक्षक कमल सुनुवारले बताएको समाचार साँघु साप्ताहिकमा छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview