ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » संयुक्त स्वयंसेवक परिचालन गर्नुपर्छः भट्टराई

संयुक्त स्वयंसेवक परिचालन गर्नुपर्छः भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताएका छन् ।
एमालेले आजदेखि विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको भेलामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले एकताबद्ध स्वयंसेवक परिचालनका लागि निर्णय गर्न सरकारसँग प्रस्ताव गरिएको भए पनि निर्णयमा ढिलाइ भएको बताए ।
उनले प्रस्तावबारे सरकारले निर्णय गर्नमा ढिलाइ गरेकाले पार्टीहरुले आफ्ना आफ्ना योजनाका साथ स्वयंसेवक परिचालन गर्नुपरेको बताए । “यो मुलुक हामीले बनाउने हो, जनताको सेवामा सबै दल एकैसाथ मिलेर परिचालन हुँदा उचित संयोजन पनि हुन्छ र विदेशीको मुख ताक्नु पर्दैन ।” उनले आफ्नो पार्टीको अभियानका क्रममा मेचीदेखि महाकाली र प्रवास कमिटीका तर्फबाट गरी १० हजार स्वयंसेवक अति प्रभावित १४ जिल्लामा श्रमदान हुने जानकारी दिए ।

भेलामा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जनताको पवित्र सेवाका लागि अभियानका सञ्चालन हुने भएकाले यसका गतिविधिलाई सञ्चारमाध्यमले स्थान दिने विश्वास व्यक्त गर्दै अभियानमा आधारित वृत्तचित्र पनि निर्माण गरिने जानकारी दिए ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले अभियानका कामलाई अभिलेखीकरण र प्रचारप्रसारका लागि सम्बन्धित जिल्ला कमिटीले संयोजन गर्ने जानकारी दिनुभयो । ‘नेपाली योजनाः अन्तर्रारष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको साथ’ भन्ने नाराका साथ हुने अभियानमा खटिनेलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न बिदाइ गर्ने कार्यक्रम छ । रासस
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview