ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » विश्वका दश उत्कृष्ट भ्रमण गन्तव्यको सूचीमा नेपाल पहिलो स्थानमा

विश्वका दश उत्कृष्ट भ्रमण गन्तव्यको सूचीमा नेपाल पहिलो स्थानमा

भ्रमण गन्तव्यका लागि सन् २०१६ मा बिश्वका दश उत्कृष्ठ देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतस्थित चर्चित रफ गाइड कम्पनीले सार्वजनिक गरेको सूचीमा नेपाल पहिलो स्थानमा पर्न सफल भएको हो ।
n5
रफ गाइड कम्पनीको उक्त सूचीमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल बाहेक श्रीलंका मात्र परेको छ । श्रीलंका १०औं स्थानमा छ ।
n1
गत वर्षको भूकम्पपछि शिथिल बन्दै गएको नेपालको पर्यटन क्षेत्र विस्तारै अघि बढ्दै गएको, ‘ट्रेकिङ रुट’हरु पनि पुनः खुलेको उल्लेख गर्दै गाइडले नेपालका हिमश्रृङ्खला, जंगल, बाघ, हात्ती र गैंडा पहिलो रोजाईमा पर्ने जनाएको छ ।
n2
बेलायती राजकुमार ह्यारीको हालै सम्पन्न नेपाल भ्रमणको सकरात्मक प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको हो ।
n3
नेपालपछि क्रमशः कोलम्बिया, क्यूवा, जोर्डन, अल्वानिया, रोमानिया, एस साल्भाडोर, वेल्स, केन्या र श्रीलंका विश्वका अन्य १० गन्तब्यमा परेका छन् ।
n4
रफगाइड ट्राभल र त्यस सम्बन्धि सन्दर्भ सामाग्री प्रकाशित गर्ने प्रसिद्ध संस्था हो ।
n6

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview