ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » चायाँ हटाउने अचुक उपाए हेर्नुहोस

चायाँ हटाउने अचुक उपाए हेर्नुहोस

चायाँ मान्छेको टाउकोमा मात्र नभइ कसैकसैको अनुहार, हात, खुट्टामा पनि पर्ने गरेको पाईन्छ । प्राय धेरै जसो मानिसको भने  टाउकोमा नै पर्छ । सरसफाईमा ध्यान दिदा दिदै पनि एक दुई दिन ननुहाउदैमा चायाले सताउने गर्दछ । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि हामी त्यसलाई नै चाँया भन्ने गर्दर्छौँ ।
चायाँ सबैलाई पर्ने भएपनि यसबाट सबैले मुक्ति चाहेकै हुन्छन् । चायाँका कारण अरुले हेर्ने दृष्टिकोण र आफ्नो सुन्दरताको पनि चिन्ता हुन्छ ।
आजकल चायाँ हटाउने विभिन्न तरिकाहरुको प्रचार गरिएको पाइन्छ । तर अरुले भनेकै भरमा विभिन्न सामग्रिहरुको प्रयोग गर्दा चायाँ हट्ने नभई त्यसले थप समस्या पनि सिर्जना गर्नसक्छ ।

hair
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् ।
  1. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।
    कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ । तर नरिवलको तेलको साथै अन्य खालका अन्य तेल प्रयोग गर्नुहुँदैन ।
  2.  अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ । साथै नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
  3.  अरुले प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।
  4.  टाउकोमा काँचो अण्डा दल्न मन नपर्न सक्छ । तर चायाँको उपचारमा काँचो अण्डाको प्रयोग हुँदै आएको छ । अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ । अण्डासँगै मरिच र दहीलाई पनि उपयोग गरिए झनै प्रभाव पर्छ ।
  5.  धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview