ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » रक्तचाप किन तल–माथि भइरहन्छ ?

रक्तचाप किन तल–माथि भइरहन्छ ?

सामान्य मानिसको रक्तचाप तल–माथि भई राखेको हुन्छ । यस्तो हुनु स्वस्थ मुटु र स्वस्थ मस्तिष्कको पहिचान हो । रक्तचापलाई धेरै कुराले असर पार्ने भएकाले फरक–फरक नाप आउनु स्वाभाविक नै हो । नाप्ने हात, ठाउँ, तरिका, मानिस, मेसिन, समय, तापक्रम आदि कुरा फरक भएमा रक्तचाप पनि फरक–फरक हुनसक्छ । यो सामान्य हो । धेरै दिनदेखि रक्तचाप १४०/९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ ।
जसको रक्तचाप १४०/९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको ९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ ।
सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ । साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।-स्वास्थ्य खबरपत्रिका
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview