ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » अहिलेसम्मको मतपरिणाम अनुसार कांग्रेस पहिलो, एमाले दोस्रो : जितेका स्थान (सूचीसहित)

अहिलेसम्मको मतपरिणाम अनुसार कांग्रेस पहिलो, एमाले दोस्रो : जितेका स्थान (सूचीसहित)

काठमाण्डौ । स्थानिय तहको प्रथम चरणको चुनावको अन्तिम परिणाम धमाधम आउन थालेको छ । २३ स्थानीय तहको नतिजा हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा विजेता बनेका छन् ।
२३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जितेको छ ।
त्यस्तै माओवादी अहिलेसम्म ६ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहको अध्यक्षमा जितेका छन् ।
मतगणना असाध्यै ढिलो भए पनि मंगलबार बिहानदेखि विभिन्न नगरपालिका र गाउँपालिकाको परिणाम आउने क्रम सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेसम्मको नतिजा अनुसार देशभरिका २३ वटा स्थानीय तहमा मतगणना सकिएको हो ।हालसम्मको नतिजा यस्तो छ –
– कांग्रेसले जितेका स्थानीय तहहरु :
..कुशे गाउँपालिका, जाजरकोट
..बुङदीकाली गाउँपालिका, नवलपरासी
..तमानखोला गाउँपालिका, बाग्लुङ
..नाशोङ गाउँपालिका, मनाङ
..नार्फु गाउँपालिका, मनाङ
..बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
..थासाङ गाउँपालिका, मुस्ताङ
..लोमन्थाङ गाउँपालिका, मुस्ताङ
..डुंगेश्वर गाउँपालिका, दैलेख
– एमालेले जितेका स्थानीय तहहरु :
. शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
. ठूली भेरी नगरपालिका, डोल्पा
. काइके गाउँपालिका, डोल्पा
. शिवालय गाउँपालिका, जाजरकोट
. चामे गाउँपालिका, मनाङ
. नेस्याङ गाउँपालिका, मनाङ
. घरपझोङ गाउँपालिका, मनाङ
– माओवादी केन्द्रले जितेका स्थानीय तहहरु :
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
– स्वतन्त्रले जितेको स्थानीय तहहरु :
तेञ्जोङ छिरिङ, मुस्ताङ

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview