भूकम्प पीडितका लागि भारतबाट नेपालगञ्ज नाका हुँदै भित्राइएका करिव एक हजार
थान त्रिपाल नेपालगन्ज भन्सार कार्यालयको खुल्ला चौरमा पाँच महिनादेखि
थन्किएको छ।
लामो समयदेखि खुला चौरमा थान्काइएका त्रिपाल सड्ने अवस्थामा पुगेपनि प्रभाबित क्षेत्रमा पठाउनेतर्फ कुनै पहल भएको छैन्।
सरकारी निकायको लापरवाहीका कारण प्रभावित क्षेत्रका भूकम्पपीडित परिवार शीत
छेक्ने एकसरो त्रिपालसम्म नपाएर चिसोमा कष्टकर अवस्थामा रात बिताउन बाध्य
भइरहेका बेला नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल त्यसै
थन्किएका छन् ।