ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मानव संसाधन मन्त्री स्मृति ईरानी मोदीकी दोस्री पत्नी भएकाे कांग्रेस नेताकाे अाराेप

मानव संसाधन मन्त्री स्मृति ईरानी मोदीकी दोस्री पत्नी भएकाे कांग्रेस नेताकाे अाराेप

असम । भारतको केन्द्रीय मानव संसाधन मन्त्री स्मृति ईरानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पत्नी रहेको भारतका एक कांग्रेस विधायकले आरोप लगाएका छन् ।
कांग्रेस विधयक नीलमणि सेना डेकाले इरानी मोदीको दोस्रो श्रीमती भएको आरोप लगाएका हुन् ।
उनले आइतबार नलबाडीमा भएको कार्यक्रममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीमाथि गम्भीर आरोप लगाएका हुन् । नीलमणिले आफ्नो भाषणमा अधिकांश नागरिकले केन्द्रीय मानव संसाधन मंत्री स्मृति ईरानी मोदीको दोस्रो श्रीमती भन्ने गरेको उल्लेख गरे ।
मन्त्री इरानी मोदीको दोस्रो श्रीमती भएको आरोप लगाएको विरोधमा असम नलबाडीका भारतीय जनता पार्टीका कार्यकर्ताहरुले डेकाको पुत्ला समेत जलाएका थिए ।
धर्मपुरका विधयक डेका प्रदेश कांग्रेसको चुनाव कमिटीको उपाध्यक्ष तथा पूर्वमन्त्रीसमेत हुन् ।  नीलमणिले आक्षेप लगाएको ठाउँमा नै मन्त्री स्मृति ईरानी पनि सोमवार एक सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको राजस्थान पत्रिकाले जनाएको छ । विरोध बढ्दै गएपछि नीलमणिले आफ्नो बयानप्रति सफाइ दिँदै आफूले दिएको दिएको अभिब्यक्ति फिर्ता लिने बताएका छन् ।
यस्तै, जोरहाटमा एक सभामा सम्बोधन गर्दै मुख्यमन्त्री तरुण गोगाइले  मोदी आजकल विदेशै बढी रहने गरेको उल्लेख गर्दै उनको विदेशीहरुसँग प्रेम बढेको भन्दै कटाक्ष गरे ।
सोही राज्यको संसदीय सचिव रुपज्योति कुर्मीले पनि मोदीलाई महिलाप्रति लिप्त हुने नेताको रुपमा ब्याख्या गरेका छन् । उनले असममा आएर महिलाहरुलाई नमस्कार गर्ने मोदी विदेशमा महिलाहरुसँग हात मिलाउनुका साथै अंकमाल गर्ने गरेको आरोप लगाए ।
नीलमणि र रुपज्योतिले आपत्तिजनक  अभिब्यक्ति दिएको भन्दै भाजपाका कार्यकर्ताहरुले पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

प्रदेश भाजपा अध्यक्ष सर्वानन्द सोनोवालले डेका तथा कुर्मीको गिरफ्तार गर्नुका साथै पार्टीबाट बर्खास्त गर्न कांग्रेससँग माग गरेका छन् ।
प्रदेश कांग्रेसका नेताहरुले भने डेकाको निजी धारणा भएकाले यसमा पार्टीको कुनै सरोकार नभएको स्पष्ट गरेका छन् । असममा अर्को वर्ष विधानसभाको चुनाव हुँदैछ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview