ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक आक्रामक बन्दै

उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक आक्रामक बन्दै

आम नागरिक र सवारी चालकहरु सभ्य भैदिएको भए ट्राफिक प्रहरीलाई मात्र किन टाउको दुखाउनु थियो र ? तर टाउको दुखाएको पनि होइन । ट्राफिक प्रहरी कारवाही भन्दा पनि सचेतनास्वरुप चालकहरुलाई कक्षा सञ्चालन गरिरहेको छ । जहाँ गोब्रो क्यामेराको पनि भूमिका छ ।
vvv
सडक दुर्घटनाको न्यूनीकरण र सवारी व्यवस्थापनका लागि उपत्यकामा ट्राफिक आक्रामक बनेको छ ।
ट्राफिक कार्यलयमा यस्ता भीड विगत केही दिन देखि बढिरहेको छ । सडक सभ्यताका लागि सर्व पक्षहरु जिम्मेवार हुनु पर्ने हो । तर यहाँ ट्राफिक मात्र बढी जिम्मेवार भएको झैं देखिन्छन् । साँघुरो सडक, नागरिकको असभ्यता र  सवारी चालकहरुको लापरवाही ट्राफिकको टाउको दुखाई बनेको छ ।
जघन्य मात्र नभएर लेन मिच्ने, तीब्र गतिमा हाँक्ने, सवारीको अवस्था जाँच नगरी गुडाउने लगायतका सामान्य नियमहरुको उलंघनमा निगरानी र कारवाहीलाई आक्रामक बनाउदैछ उपत्यकामा ट्राफिक ।
परीक्षणको रुपमा शुरु गरिएको गोब्रो क्यामेरा सेवा विद्यामान नीति नियम र योजनाहरुको कार्यन्वयनका लागि फलदायी बनेको ट्राफिकको निचोड छ । दैनिक वीस देखि तीस नियम उलंघनका कारवाहीहरु गोब्रोको फन्दामा पर्ने गर्छन् । त्यसले चालकहरुमा मनोवैज्ञानिक प्रभाव परेको भन्दै उजुरी या गुनासो घटेको फिल्डमा खटिएका अधिकृतहरु बताउँछन् । जुन श्रव्यदृश्य रुपमा रेकर्ड सुरक्षित हुने गरेको छ ।
यसले ट्राफिक र चालक दुवै पक्षको व्यवहारलाई सन्तुलन कायम गरेको उनीहरुको भनाई छ ।
तपाई, ट्राफिकको आँखामा नपरेको वाहनामा सडक नियम उलंघन गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला । नियम उलंघन गर्ने र भाग्नेविरुद्ध प्रहरीले सिसिटिभी, गोब्रो क्यामेरासँगसँगै पछौटे वाइक पनि तैनाथ गरेको छ ।  दुईचार मोड पार गर्नुहोला तर तपाई क्यामेरामा कैद भैसक्नुभयो । कानुनी कारवाही तपाईलाई अर्को मोडमा पर्खिरहेको हुनसक्छ ।

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview