ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » दिन तोकेर पनि ग्याँस वितरण नगरेपछि उपभोक्ताहरु आक्रोशित

दिन तोकेर पनि ग्याँस वितरण नगरेपछि उपभोक्ताहरु आक्रोशित

स्थान तोकेर ग्याँस वितरण गर्ने ग्याँस व्यवसायीहरुको योजना प्रभावहीन बन्दै,स्थान तोकेर पनि ग्याँस वितरण नगरेको भन्दै ललितपुरका उपभोक्ता आक्रोशित
dd

मागभन्दा धेरै मात्रामा ग्यास आयात भएपनि उपभोक्ताले सहज रुपमा ग्यास पाउन नसकेपछि ग्यास उद्योग संघले स्थान तोकेर ग्यास वितरण थालेको छ । तर शुक्रबार ललितपुरमा ग्यास वितरण गर्ने भनिए पनि संघले ग्यास वितरण नगरेको भन्दै ललितपुरवासीहरु आक्रोशित बनेका छन् । मिति तोकेर पनि ग्यास वितरण नगरेको भन्दै ग्यास विक्रेता संघको कार्यप्रति स्थानीयहरुले असन्तुष्टि जनाएका हुन् ।
ग्याँस वितरण प्रणालीमा पारदर्शीता नभएको भन्ने जनगुनासो बढेपछि नेपाल एलपी ग्याँस उद्योग संघले स्थान तोकेर ग्याँस विक्रि शुरु गरेपनि ललितपुरमा भने शुक्रवार ग्यास वितरण हुनसकेन ।
नेपाल एलपी ग्यास उद्योग संघले गत सोमबारदेखि काठमाडौं उपत्यकामा क्षेत्रगत विभाजन गरेर सवै ग्राहकलाई सहज रुपमा ग्याँस वितरण गर्न थाले पनि ललितपुरका प्रायजसो सबै ग्यास डिपोहरुमा भने ग्यास पुग्न सकेन । बिहान पाँच बजेदेखि ग्यासको लाइनमा बसेका सर्वसाधारणहरु ग्यास पाउने आशामा ग्यासको लाइनमा दिनभरजसो बसिरहे । ग्यास नपाएको झोकमा उपभोक्ताहरुले ग्यास विक्रेता संघले गरेको कार्यमा असन्तुष्टि जनाएका छन् ।
ललितपुर क्षेत्रमा कति ग्यास डिपो छन् र त्यसमा कति ग्यास पठाउनुपर्ने भन्ने बारेमा ग्यास उद्योग संघले सोचेर ग्यास पठाउनुपर्नेमा ग्यास नै नपठाएर उपभोक्तालाई लामो लाइनमा बस्न बाध्य पारेको भन्दै उपभोक्ताहरुको गुनासो गरेका हुन् ।
एकदुई ठाउँमा पाएको ग्यासको डिपोमा पनि दुई महिना अघिदेखि नाम लेखाइरहेकालाई मात्र ग्यास दिन सकेको डिपो सञ्चालकहरु बताउँछन् ।
देशभरमा कुल ५३ वटा ग्याँस कम्पनीहरु रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २९ वटा कम्पनीले ग्याँस वितरण गरिरहेका छन् । संघले काठमाडौं उपत्यकामा खुद्रा मूल्य एक हजार चारसय रुपैयाँ र रुपन्देही,बाँके,कैलाली र कंचनपुर बाहेक अन्य तराई क्षेत्रमा १३ सय ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview