ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » लागूऔषध कारोबारीहरुको तस्करीको तरिकाले प्रहरीहरु चकित

लागूऔषध कारोबारीहरुको तस्करीको तरिकाले प्रहरीहरु चकित

आफुलाई अपराधी भन्दा एक कदम अघि रहेको दावी गर्ने प्रहरीहरु तीनचकित पर्दै, लागूऔषध कारोबारीहरुको तस्करीको तरिका प्रहरीकै लागि उदेकलाग्दो
vv
प्रहरी अधिकृतहरु आफूलाई अपराधी भन्दा एक कदम अघि रहेको दावी गर्छन् । अपराधलाई नियन्त्रण गर्न दिलोज्यान लागि परेका अधिकृतहरु अपराधीका अनेक उपायहरुवारे गम्छन् । सूचना र सुराकीहरुको संकलन तथा व्यवस्थापनमा खट्छन् पनि । तर कानुनले वर्जित गरेता पनि अपराधका अनेक तौर तरिकाहरु वाहिर आएपछि तीनछक पर्छन् अनुसन्धानकर्ताहरु स्वयम् । पछिल्लो समय प्रहरीद्वारा  नियत्रणमा लिई सार्वजनिक गरिएका आपराधिक प्रयासहरु विल्कुल नौलो थिए । यी सबै दृष्टान्तले पनि पुष्टि गर्छन – नेपाल अपराधीहरुको लागि अपराधको प्रयोगशाला सावित भैरहेको छ ।
यो खेलौना विरालो । प्लाष्टिक निर्मित । निर्जिव । मूल्य पाँचसयको आसपासमा । प्रहरीले यो विरालोलाई पनि पक्राउ ग¥यो । किनभने प्रहरीको नजरमा यो विरालोको मूल्य करोड वरावर थियो ।
विरालोसँगै प्रहरीले हेयर क्रिमको ससाना डिब्बाहरुलाई पनि नियन्त्रणमा लियो । गेट्स्वे कम्पनीका । प्रहरीको अनुसन्धानवाट डिब्बामा एमफेटामाइन नामक लागूऔषध भरिएको खुल्यो । लागूऔषध व्युरोले विहीवार सार्वजनिक गरिएका दुई नेपालीले एमफेटामाइनको कारोवारको तरिकाको नमूना हुन् यी । एमफेटामाइन लागू औषध नेपालका लागि विल्कुलै नयाँ लागू औषध हो र यस्को बारेमा प्रहरीले आफ्नो अनुसन्धान सुक्ष्मरुपबाट थालेको छ । उनीहरुले सुटकेशको डण्डीमा समेत उक्त लागूऔषध लुकाएर नेपाल वाहिर पठाउन लागेको खुल्यो ।
र यी, ट्रिसेमी स्ेम्फोका डिब्बाहरु । लागूऔषध व्युरोको नजरमा यी सेम्फो थिएनन् । दुई अन्तर्राष्ट्रिय युवतीहरुलाई फलोअप गर्दा डिब्बाभित्र करोडौं रुपैयाको कोकिन रहेको पुष्टि भयो । कारोवार नौलो थिएन । तरिका भिन्न थियो ।
यो क्षेत्रपाटी भोजनालय । र यो, नाम उल्लेख नगरिएको खाजा घर । सोह्रखुट्टे प्रहरीको आँखामा यी दुई खाजाघर शंकास्पद देखिए । छापा मार्दा अवगत भयो, धन्दा वेग्लै थियो । संचालक तथा संचालिकासहित केही जोडी युवायुवतीहरुलाई प्रहरीले पक्राउ ग¥यो ।
अपराध गरेपछि अपराधीहरु उम्कन पाउन्नन् । अपराधमा छोडेका सवूतहरु नै उनीहरुको कमजोरी हो । त्यसको हेक्का नगर्दा तिनीहरु कानुनको दायरा र प्रहरीको फन्दामा पर्छन् । तर प्रहरी अपराधी भन्दा एक कदम अघि हुन्छन् भन्ने दावी भने विरोधाभास देखिन्छन् । संभावित प्रयोग र अपराधलाई रोक्न भन्दा पनि प्रहरी अपराधीहरुको पछिपछि दोडिरहेका हुन् कि ? भनिन्छ नै चोरका हजार बाटो ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview