ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » होण्डाको सिबी हर्नेट मोटरसाइकल पोखरामा, मूल्य २ लाख ६० हजार रुपैयाँ -

होण्डाको सिबी हर्नेट मोटरसाइकल पोखरामा, मूल्य २ लाख ६० हजार रुपैयाँ -

होण्डा कम्पनीको नयाँ मोटरसाइकल १६० सिसीको सिबी हर्नेट पोखरामा भित्रिएको छ । होण्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एण्ड सन्स नयाँ बजार पोखराले एक कार्यक्रमका बीच आइतबार यसको बिक्री सुरुवात गरेको हो ।
एच.एम.एस.आइ.का बरिष्ठ उपाध्यक्ष वाई एस गुलरियाले मोटरसाइकलको बिक्री सुरुवात गरेका हुन् । मोटरसाइकलको २ लाख ६० हजार ९ सय रुपैयाँ मूल्य पर्ने प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए । एसएमएस मार्फत ग्राहकलाई ४ हजारदेखि एक लाख रुपैयाँसम्मको छुट प्रदान गरिने कुँवरले जानकारी दिए । ग्राहकको हितलाई मध्यनजर गरी नयाँ वर्षको अवसरमा उक्त छुट अफर ल्याइएको उनले बताए ।
२० पटकसम्म फ्रि सर्भिसिङ र पाँच वर्षसम्म स्पेयर्स पार्टस्मा १० प्रतिशत छुटको व्यवस्था गरिएको सन्सका सेल्स म्यानेजर विष्णुप्रसाद दाहालले जानकारी दिए । नयाँ मोटरसाइकलको दुई वर्षसम्म इन्जिन ग्यारेण्टी रहेको उनले बताए । युवा पुस्तालाई लक्षित गरी तयार गरिएको मोटरसाइकलमा ट्युलेस टायर, डिजिटल मिटर जडान गरिएको छ भने १३ लिटर ट्यांकी क्षमता छ ।
बिक्री शुरुवात भएको उक्त नयाँ मोटरसाइकल १० वटा बुकिङ भइसकेको कुँवरले जानकारी दिए । काठमाडौंपछि पोखरामा यसको बिक्री सुरु भएको हो । एक साताभित्र देशभरका डिलरबाट यो मोटरसाइकल खरिद गर्न सकिने कम्पनीले बताएको छ । नयाँ मोटरसाइकल सुरक्षित र भरपर्दो भएकाले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ । ‘होण्डाको नयाँ मोटरसाइकल पोखरामा निकै लोकप्रिय हुने विश्वास गरेका छौं,’ कुँवरले भने ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview